१४ असार २०८३, आईतवार
,
Latest
कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशहीतमा काम गर्ने राजदूत पाण्डेकाे भनाइ



अ+ अ-

काठमाडाैंः जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएका महेन्द्र बहादुर पाण्डेले राष्ट्र हित र आवश्यकता अनुरुप काम गर्ने बताउनुभएको छ ।

 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले सरकारले दुवै छिमेकी राष्ट्रसँग मित्रवत सम्बन्ध कायम गरेकाले आफुले चीनमा रहदा पनि सोही अनुरुप नै काम गर्ने बताउनुभयो ।

उहाँले मित्रराष्ट्रसँगको सम्बन्ध राष्ट्रहित र राष्ट्रको आवश्यकता परिपूर्ति तथा जनताको चाहना र भावनालाई सम्बोधन हुने गरी राखिने बताउनुभयो । उहाँले आफु जिम्मेवार रही ठिक ढंगले भूमिका निर्वाह गर्ने सम्बन्धमा प्रतिवद्ध रहेको समेत बताउनुभयो ।

पाण्डेलाई गत वैशाख ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा २८२ बमोजीम मन्त्रिपरिषद्को सिफारिसमा चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।