९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी शिक्षाको क्षेत्रलाई राज्यको तर्फबाट रेड कार्पेट प्राप्त गर्नु खेदजनक र निन्दनीयः सांसद ढकाल



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीकी युवा नेतृ एवं प्रतिनिधिसभाकी सांसद नरमाया ढकालले शिक्षाको क्षेत्रमा निजी क्षेत्रलाई राज्यको तर्फबाट रेड कार्पेट प्राप्त गर्नु खेदजनक र निन्दनीय भएको बताएकी छन् । 

सांसद ढकालले संविधानमा समाजवाद उन्मुख लेखेपनि व्यवहारमा नीजि क्षेत्रलाई रातो कार्पेट ओछयाइएको भन्दै आलोचना गरेकी हुन् ।

“अहिले जनतालाई कोरोनाको चपेटाबाट जोगाउनका लागि सार्वजनिक विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । यो हाम्रो बाध्यता पनि हो ,” उनले भनिन् “तर,सार्वजनिक विद्यालयहरु अस्तव्यस्त रहेका बेला निजी विद्यालयहरुले डिजिटल प्रविधि बाटनै विद्यार्थी भर्ना गराउने अभियानमा लाग्ने भनि खबरहरु आइरहेको छ । ” 

उनले सार्वजनिक विद्यालय पुरै ठप्प रहेका बेला नीजि विद्यालयहरुले व्यापारिक उद्धेश्यले क्रियाकलाप बढाउन सफल भयो भने यसले शिक्षामा असमानता निम्त्याउने र यसले शिक्षामा थप असमानता बढाउने बताइन् । उनले यस्तो कार्य हुन नदिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण परि गराइन् ।