४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी शिक्षाको क्षेत्रलाई राज्यको तर्फबाट रेड कार्पेट प्राप्त गर्नु खेदजनक र निन्दनीयः सांसद ढकाल



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीकी युवा नेतृ एवं प्रतिनिधिसभाकी सांसद नरमाया ढकालले शिक्षाको क्षेत्रमा निजी क्षेत्रलाई राज्यको तर्फबाट रेड कार्पेट प्राप्त गर्नु खेदजनक र निन्दनीय भएको बताएकी छन् । 

सांसद ढकालले संविधानमा समाजवाद उन्मुख लेखेपनि व्यवहारमा नीजि क्षेत्रलाई रातो कार्पेट ओछयाइएको भन्दै आलोचना गरेकी हुन् ।

“अहिले जनतालाई कोरोनाको चपेटाबाट जोगाउनका लागि सार्वजनिक विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । यो हाम्रो बाध्यता पनि हो ,” उनले भनिन् “तर,सार्वजनिक विद्यालयहरु अस्तव्यस्त रहेका बेला निजी विद्यालयहरुले डिजिटल प्रविधि बाटनै विद्यार्थी भर्ना गराउने अभियानमा लाग्ने भनि खबरहरु आइरहेको छ । ” 

उनले सार्वजनिक विद्यालय पुरै ठप्प रहेका बेला नीजि विद्यालयहरुले व्यापारिक उद्धेश्यले क्रियाकलाप बढाउन सफल भयो भने यसले शिक्षामा असमानता निम्त्याउने र यसले शिक्षामा थप असमानता बढाउने बताइन् । उनले यस्तो कार्य हुन नदिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण परि गराइन् ।