१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

रौतहट बम घटनाः घाइते जलाउने साह पक्राउ

रौतहट बम घटनाः घाइते जलाउने साह पक्राउ
अ अ+ अ-

लहान । रौतहटको राजपुरस्थित फरहदवामा रहेको इँटाभट्टामा जिउँदै मानिस जलाउन सहयोग गरेको आरोपमा एक अभियुक्त पक्राउ परेका छन् । लामो समयदेखी भारतको सीमावर्ति क्षेत्रमा लुकिछिपी बस्दै आएका बारा सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साहलाई प्रहरीले प्रक्राउ गर्न सफल भएको हो । २०६४ साल चैत २७ गते पहिलो संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि थुनामा छन् । उनैलाई सहयोग गरेको आरोप साहलाई लगाइएको छ । साह त्यसबेलामा सो इँटाभट्टामा मिस्त्रीको काम गर्ने गरेका थिए । जिँउदै रहेका व्यक्तिलाई इँटाभट्टामा हाल्न उनले पनि सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका– ८ बाट शनिबार राति साहलाई पक्राउ गरेको प्रदेश–२ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको छ । घटनाको १३ वर्षपछि उनी पक्राउ परेका हुन् । आरोप लागेका अन्य ९ जना अझै पनि फरार रहेका छन् । पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम विस्फोट गराई मानिसलाई इँटाभट्टामा जलाइएको मुद्दामा आलम गत कात्तिक २९ गतेदेखि नख्खु जेलमा छन् । सो घटनामा पूर्वमन्त्रीलगायत उनका भाइ महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह र बद्रि सहनी अझै फरार छन् । घटना भएको यकिन गरिए पनि घाइते र मृतकको संख्या भने ठ्याक्कै खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

राजपुर नगरपालिका–४ ९साबिक राजपुर गाविस–४० स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । सो घटनामा यमुनामाई गाउँपालिका–४ ९साबिक सरुअठा–४ ० का त्रिलोकप्रसाद सिंह (पिन्टु) र ओसी अख्तर घाइते भएका थिए । उनीहरुलाई इँटाभट्टामा घाइते अवस्थामा जिउँदै जलाइएको आलमलगायत ११ जनामाथि आरोप छ । राजनीतिक आवरणमा लुकाइएको यो घटनाको १२ वर्षपछि असोज २६ गते आलम पक्राउ परेका थिए ।

सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको थियो । पक्राउ परेका साहले तत्कालिन कांग्रेस नेता आलमको निर्देशनमा आफूले मृत्यु भएका २÷३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको डीआईजी सिंहले बताए । घटनापछि साहले आलमकै निर्देशनमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको राजा इँटा उद्योगमा लगी जलाएको बयान प्रहरी समक्ष दिएको प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । सौर्य दैनिक