३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानाथारु समुदायमा ‘सावनको डोला’



अ+ अ-

कञ्चनपुर। यतिबेला कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा सावनको डोलाको रौनक छ । अन्य समुदायकोभन्दा पृथक परम्परा रहेको यस समुदायमा तीज आउनुअगावै सावनको डोला राख्ने परम्परा छ ।

जानकारहरुका अनुसार रानाथारु बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्छन् ।

“अन्य समुदायमा महिलाले श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्छन् तर हाम्रो समुदायमा दाजुभाइको दीर्घायुका लागि तीजको व्रत बस्ने चलन छ”, कञ्चनपुरको बेदकोट नगरपालिका–६ का प्रेमवती रानाले भन्नुभयो, “हाम्रो समुदायका दिदीबहिनीले माइतमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छन् ।”

तीज रानाथारु समुदायको महान् पर्व हो । रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन रहेको उहाँको भनाइ छ ।

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकार बताउँछन् । भीमदत्त नगरपालिका–१६ का चेतराम रानाले तीज आउनुपूर्व नै मनोरञ्जनका रुपमा सावनको डोला (पिङ) खेल्ने प्रचलन रहेको बताउनुभयो ।

“तीजअघि नै हाम्रो समुदायमा सावनको डोला (पिङ)राख्ने चलन छ”, उहाँले भन्नुभयो, “विशेषगरी दिदीबहिनीले परम्परागत पहिरनमा सजिएर पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गर्छन् ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्पराअनुसार तीज मनाउन समस्या हुने गरेको रानाथारु समुदायका अग्रज बताउँछन् ।

“पहिला जङ्गलबाट काठ ल्याएर पिङ राख्थ्यौँ अहिले जङ्गलबाट काठ ल्याउन पाइदैन पिङका लागि ठूला काठ चाहिन्छन्”, वेदकोट नगरपालिका–९ का सागर रानाले भन्नुभयो, “अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको छ ।” उहाँका अनुसार कुनै अशुभ नहोस् भनेर पिङको सुरुआतमा कमिलालाई सावनको डोला(पिङ)मा राखेर पूजा गर्ने चलन छ । त्यसपछि महिलाले पालैपालो परम्परागत गीत गाएर सावनको डोला (पिङ) खेल्ने गर्दछन् ।

उहाँका अनुसार तीजमा महिला दिनभरि पानीसमेत नखाएर निराहार व्रत बस्ने गर्छन् । साँझपख उनीहरू कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काट्छन् । त्यसरी काटिएको कुसलाई नदीमा गएर सेलाउने चलन छ । नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति नै लामो हुने गरेको जन विश्वास छ । रासस