६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको बैठकमाथि छानबिन गर्न खेलकुदमन्त्रीलाई गणेश थापाको पत्र



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फाको बैठकमाथि छानबिन गर्न खेलकुदमन्त्रीलाई पत्र बुझाउनु भएको छ ।

थापाले गत चैत ११ र १२ गते एन्फा कार्यकारी समितिको बैठक दौरान एजेन्डामा नभएको, कुनै सदस्यले विषय उठान नगरेको र छलफल नै नभएको विषयलाई माइन्युट उतारमा समावेश गरी निर्णय पठाएर एन्फा नेतृत्वले आफ्नो चरित्र हत्याको प्रयास गरेको जनाउनु भएको छ । उहाँले यसै बिषयमा छानबिनका लागि युवा तथा खेलकुद मन्त्री ज्यूलाई ज्ञापनपत्र बुझाएको जनाउनु भएको छ ।

खेलकुदमन्त्रीलाई बुझाईएको पत्रमा भनिएको छ- ‘विधानअनुसार एन्फाले कार्यसमितिका सदस्यलाई पठाएका एजेन्डामा म र मेरो छोरा गौरव थापाको नामसमेत उल्लेख थिएन । त्यसमाथि सदस्यहरुले एजेन्डा थप्न पाउने व्यवस्थाअनुसार पनि कुनै पनि सदस्यले हाम्रो विषय उठान गरेका छैनन् । एन्फा सचिवालय आफैले पठाएको एजेन्डामा नभएको, सदस्यले विषय उठान नगरेको र बैठकमा पनि छलफल नभएको विषयमा माइन्युट उतार्ने क्रममा म र मेरो छोराको नाम जोड्दै एन्फा नेतृत्वले निर्णय भएको भनि थपेर पठाएको जानकारी गराउन चाहन्छु ।’

हेर्नुस पत्र