१ भाद्र २०८३, सोमबार
,
Latest
सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ: अध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष  वीरेन्द्रराज पाण्डेले उद्योगहरु राष्ट्रका आधार भएकाले तिब्र रुपमा विस्तार हुन जरुरी रहेको बताउनुभएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिक उत्सवका अवसरमा आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जीडीपिमा उद्योग क्षेत्रको योगदान घटेको र त्यसलाई बढाउन उद्योग क्षेत्रको विस्तार हुनुपर्ने बताउनुभएको हो ।

उहाँकाअनुसार रोजगारी सिर्जना गर्दै समग्र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रले नै हो । राज्यले उद्योगहरु स्थापनामा जोड दिनुपर्छ । अध्यक्ष पाण्डेले समग्र आर्थिक क्षेत्रको विकासका लागि उद्योगहरुको योगदान बढाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । सोही उद्देश्य अनुरुप आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अठोटसहित नेपाल सरकार उद्योग वाणिज्य मन्त्रालयसँगको सहकार्यमा मेक इन नेपाल स्वदेशी अभियान नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको छ । यो अभियानलाई सहयोग गर्नेगरी नेपाल सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धि निर्देशिका ल्याएको छ । यसको पूर्ण कार्यान्वयनले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने एवंम विकास गर्नेमा सहयोग गर्ने पाण्डेले बताउनु भयो ।

अध्यक्ष पाण्डेले भन्नुभयो–‘मुलुकको दिगो आर्थिक विकासका लागि स्वदेशी उत्पादन बढाउँदै प्रतिष्पर्धी विश्व परिवेशमा उत्पादनहरुको आन्तरिक खपत बढाउँदै विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरी अघि बढाउनु आजको आवश्यकता हो । कुनै समयमा खाद्यन्न निर्यात गर्ने मुलुक अर्बौंको खाद्यन्न आयात गरेर उपभोग गरिरहेको छ । १५ प्रतिशतसम्म जीडीपीमा योगदान गरेको उद्योग क्षेत्रको योगदान घटेर ५ प्रतिशतको हाराहारीमा आइपुगेको छ ।’

उहाँले नेपाल सरकारबाट थप नीतिगत व्यवस्था हुन जरुरी रहेको बताउनु भयो ।




भर्खरै