३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर



अ+ अ-

लमजुङ। यहाँको सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको छ । छ रोपनी १३ आनामा फैलिएको बरेटार शिवमन्दिर करिब दुई सय १९ पुरानो भएको बताइन्छ ।

वर्षौँ सम्म उचित संरक्षण नहुँदा मन्दिरको संरचना जीर्ण बनेको थियो । २०७२ सालमा मन्दिर संरक्षणका लागि समिति गठन गरिएसँगै यसको पुनर्निर्माण सुरु गरिएको हो । आनन्दलाल श्रेष्ठको अध्यक्षतामा गठित समितिले मन्दिर संरक्षण सुरु गरी सोही वर्ष शिव महापुराणको आयोजना गरेर करिब रु १९ लाख सङ्कलन गरेको थियो ।

सो रकमबाट पर्खाल, होमकुण्डको, मन्दिरको अगाडि ढुङ्गा विछ््याउने कार्य, चौतारा निर्माण, ट्रष्ट स्थापनालगायतका काम सम्पन्न भएका छन् । यी संरचनाले मन्दिरको धार्मिक र भौतिकस्वरूप परिवर्तन भएको छ । समितिले विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा थप संरचना निर्माण गरिरहेको छ ।

२०७८ सालदेखि मन्दिर तथा पौवाको संरक्षण पुरातत्वक विभागसँग समन्वय गरेर अगाडि बढाइएको छ । त्यसयता पुरातत्वविभागले पुनर्निर्माण, मर्मत तथा संरक्षणमा आवश्यक प्राविधिक र आंशिक आर्थिक सहयोग गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मन्दिरमा हाल दैनिक नित्य पूजा–आरती हुँदै आएको छ । हालै प्रदेश सरकारले धार्मिक क्षेत्रमा रु २१ करोड विनियोजन गरे पनि बरेटार शिवमन्दिरको नाममा बजेट नदिएको समितिको गुनासो छ । “धेरै स्थानमा साना संरचनाका लागि बजेट गयो, तर यहाँको ऐतिहासिक मन्दिर सरकारको नजरबाटै ओझेलमा प-यो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

यस मन्दिरलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । त्यसका लागि पूर्वाधार निर्माण, सरसफाइ, सञ्चार सुविधा तथा सांस्कृतिक कार्यक्रमको आयोजना आवश्यक देखिन्छ । रासस