२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलोपटक जुम्लामा विद्युतीय सार्वजनिक सवारी, चार्जिङ स्टेसन पनि निर्माण हुँदै



अ+ अ-

जुम्ला। जुम्ला जिल्लामा पहिलोपटक विद्युतीय सार्वजनिक यातायात सेवा सुरु भएको छ। दिगो ग्रुप अफ कम्पनीले जुम्लाका सार्वजनिक रुटहरूका लागि ९ वटा DFSK Danfe ब्रान्डका विद्युतीय भ्यानहरू हस्तान्तरण गर्दै सेवा सञ्चालनमा ल्याएको हो।

यी गाडीहरू जुम्लाका छोटो दुरीका रुटहरूमा चल्नेछन, जसले यात्रुलाई सस्तो, सुरक्षित र वातावरणमैत्री सेवा प्रदान गर्ने विश्वास गरिएको छ।

विद्युतीय सेवा सुनिश्चित गर्न कम्पनीले ८० किलोवाट क्षमताको फास्ट चार्जिङ स्टेसन जुम्लामा जडान गर्ने तयारी गरेको छ। साथै, जुम्ला बसपार्क, नाग्मा बजार, र नाग्मा–गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा थप चार्जिङ स्टेशनहरू निर्माण गरिने जनाइएको छ।

दिगो ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठ भन्छन्, “जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्‍याउनु कम्पनीका लागि गौरवको विषय हो। यसले विद्युतीय सवारीसाधनको कार्यक्षमता प्रमाणित गरेको छ।”

उनका अनुसार, कम्पनीले आगामी दिनमा पनि देशका अन्य दुर्गम तथा सहरी क्षेत्रमा यस्ता प्रविधिको पहुँच विस्तार गर्दै लैजाने योजना बनाएको छ।