२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ



काठमाडौँ, ३२ असार : शपथ ग्रहण राष्ट्रपति भवन, शीतल निवासमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/ रासस
अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनु भएको हो ।  राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक हुनुहुन्थ्यो ।

यसअघि उहाँ नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा हुनुहुन्थ्यो । एमालेको केन्द्रीय सदस्यसमेत रहनुभएका नवनियुक्त मन्त्री न्यौपानेले आजै सिंहदरबार पुगेर पद वहाली गर्ने कार्यक्रम छ । रासस