२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पुर्याउनुपर्ने टड्कारो चुनौति छः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पु¥याउनुपर्ने टड्कारो चुनौति रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

वैज्ञानिक, प्राविधिक, व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा नराख्ने हो भने विद्यार्थीले सीप सिकेर रोजगारी प्राप्त गर्न सम्भव नरहेको बताउनु भयो । उहाँले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको बताउनु भयो । उहाँले दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । शैक्षिक सचेतनामुलक कार्यक्रमका माध्यमबाट शिक्षा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यवसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र मुलुककै शिक्षामा परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो छ । दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ । शैक्षिक सचेतनामुलक कार्यक्रमका माध्यमबाट शिक्षा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यवसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र मुलुककै शिक्षामा परिवर्तन हुन्छ ।  सरकारले समस्या रहेका क्षेत्रको समाधानका लागि ध्यान आकृष्ट गर्ने नै छ । सरकारी तवरबाट व्यवसायिक शिक्षा प्रवद्र्धन गर्न समुचित र न्यायोचित हुन आवश्यक छ । वैज्ञानिक, प्राविधिक, व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा नराख्ने हो भने विद्यार्थीले सीप सिकेर रोजगारी प्राप्त गर्न सम्भव छैन । यसका लागि शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पु¥याउनुपर्ने टड्कारो चुनौति छ ।’

सभापति देउवाले आजको चुनौति आफ्नै गाउँ ठाउँमा गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको बताउनु भयो । सामुदायिक विद्यालयहरुले मुलुकको शिक्षा विकासमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो ।