२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटपाट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखिया रहेको नेपाल प्रहरीले बताएको छ । उनीमाथि यही असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका–१ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर उनको साथमा रहेको रकम लुटपाट गरेको आरोप छ ।

गोइत बैंकमा पैसा जम्मा गर्न जाँदै गर्दा मुखियाले बाटो छेकेर पेस्तोल देखाई नगद २ लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटेको अनुसन्धानमा खुलेको छ । धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहकाअनुसार मुखिया पेशेवर लुटेरा हुन् । भारतमा पनि उनीमाथि ९–१० वटा मुद्दा दर्ता रहेको जनाइएको छ ।

उनीमाथि जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।