३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्छः राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट अत्यावश्यक ऐन, कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्ने बताउनुभएको छ ।

आज राष्ट्रपति कार्यालयमा संसदीय मामिला पत्रकार समाजआबद्ध पत्रकारहरूसँगको भेटमा उहाँले संसद्मा ‘डेडलक’को अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्प्रति जनताको भरोसा जागृत गराउने बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएकाले यसैका पक्षमा एकजुट भइ आआफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतान्त्रिक शासन प्रणालीमा संसद् जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको प्रसङ्ग उल्लेख गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी ऐन, कानुन निर्माण प्रक्रियालाई अझ सहज, पारदर्शी र जवाफदेही बनाउन आमसञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो ।

संसद् र संसदीय समितिमार्फत जनताका पक्षमा कानुन बनाउने र समसामयिक एवं जल्दाबल्दा समस्या उजागर गर्ने संसदीय अभ्यासलाई अझ प्रभावकारी र जवाफदेही बनाउन यस क्षेत्रमा कलम चलाउने आमसञ्चारकर्मीका तर्फबाट खबरदारीसहित सहयोग र सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।