२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको छः मदनकृष्ण श्रेष्ठ



अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गर्नुभएको छ ।

महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको बताउनु भयो । सडकहरु गाउँगाउँमा पुगेको र बिजुली बत्ती पनि गाउँगाउँमा पुगेको अवस्था रहेको बताउनु भयो । नेपालले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसकेको भन्दै विद्युतबाट चल्ने बसहरु सञ्चालन गर्नेकुरा राम्रो भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देश पनि अब इभी मोटर चढ्ने युगमा आइसकेको छ । बाटोघाटो गाउँगाउँमा पुगेको छ । बिजुली गाउँ गाउँमा पुगेको छ । हामीले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौँ । अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ । यो एकदमै राम्रो हो । लोकतन्त्र आएपछि धेरै डेभलपहरु मैले देखेको छु ।’

वरिष्ठ कलाकार श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरेको भएपनि पछिल्लो समय मोटरबाटै जोमसोम पुगेर आएको बताउनु भयो । बसको मात्रा र बसको स्ट्याण्डर बढ्न जरुरी रहेको बताउनु भयो ।