२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलियो



अ+ अ-

काठमाडौँ। वर्षा बाधक बनेपछि नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलिएको छ ।

बङ्गलादेशको ढाकामा भारी वर्षा भएपछि यु-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) अन्तर्गत  नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलिएको हो । उक्त खेल नेपाली समयअनुसार अब ७ः४५ बजे हुनेछ । त्यसअघि ६ः४५ बजे हुने तालिका थियो ।

नेपाल अङ्क तालिकाको दोेस्रो स्थानमा छ भने श्रीलङ्का अन्तिम स्थानमा छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भयो

त्यसैगरी श्रीलङ्का भने पहिलो जितको लक्ष्यमा छ । श्रीलङ्काले पहिलो खेलमा बङ्गलादेशसँग ९–१ को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो ।

प्रतियोगिताअन्तर्गत आजै बङ्गलादेश र भुटानबीचको पहिलो खेल पनि भारी वर्षाका कारण रोकिएको छ । उक्त खेल पहिलो हाफ सकिएपश्चात् सुरु हुन सकेको छैन । पहिलो हाफमा बङ्गलादेशले भुटानमाथि १–० गोलको अग्रता बनाएको छ । रासस