१२ श्रावण २०८३, मंगलवार
,
Latest
लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलियो



अ+ अ-

काठमाडौँ। वर्षा बाधक बनेपछि नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलिएको छ ।

बङ्गलादेशको ढाकामा भारी वर्षा भएपछि यु-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) अन्तर्गत  नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलिएको हो । उक्त खेल नेपाली समयअनुसार अब ७ः४५ बजे हुनेछ । त्यसअघि ६ः४५ बजे हुने तालिका थियो ।

नेपाल अङ्क तालिकाको दोेस्रो स्थानमा छ भने श्रीलङ्का अन्तिम स्थानमा छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भयो

त्यसैगरी श्रीलङ्का भने पहिलो जितको लक्ष्यमा छ । श्रीलङ्काले पहिलो खेलमा बङ्गलादेशसँग ९–१ को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो ।

प्रतियोगिताअन्तर्गत आजै बङ्गलादेश र भुटानबीचको पहिलो खेल पनि भारी वर्षाका कारण रोकिएको छ । उक्त खेल पहिलो हाफ सकिएपश्चात् सुरु हुन सकेको छैन । पहिलो हाफमा बङ्गलादेशले भुटानमाथि १–० गोलको अग्रता बनाएको छ । रासस