२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहद्वारा राहत सहयोग



अ+ अ-

काठमाडौं । काठमाडौँको किर्तिपूरस्थित मच्छेगाँउ र चन्द्रागिरीको मातातीर्थमा रुकुमबाट आइ ज्यालामदूरी गर्ने ७१ घरपरिवारलाई चामल राहत वितरण गरिएको छ । 

रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमला रोकाको पहलमा ७१ परिवारलाई राहत वितरण गरिएको हो । चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहले ३० बोरा चामल राहत उपलब्ध गराएको सांसद रोकाले जनाएकी छन् । यस्तै, अमेरिकामा रहेका अभय श्रेष्ठले ६ बोरा चामल र सामाजिक अभियन्ता तथा युवा नेता प्रदीप परियारले १० बोरा चामल उपलब्ध गराएको उनले जनाएकी छन् । 

कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरिराखेको छ । लकडाउनको आज ७९ औं दिन पुगिसकेपनि सरकारले राहत उपलब्ध नगराएपछि चरम संकटमा परेका जनतालाई सांसद रोकाले विभिन्न व्यक्ति तथा निकायसँग सहकार्य गरेर राहत उपलब्ध गराउदै आएकी छन् । 

सांसद रोकाले आफ्ना निर्वाचन क्षेत्रका जनतालाई राहत वितरण गर्दै आएकी छन् । उनले पाँचौ चरणको राहत उपलब्ध गराएको भन्दै यसरी सकेसम्म जनतालाई सहयोग गरिरहने र भोकले मर्न नदिने प्रतिबद्दता समेत व्यक्त गरेकी छन् । 

लकडाउनको समय लम्बिदै जाँदा अब साँच्चिकै राहतको जरुरी पर्ने र आफ्नो जन्मभूमीका जनतालाई यसरी सकेको सहयोग गर्न पाउँदा खुशी लागेको महाप्रबन्धक शाहले बएता । उनी राहत वितरण केन्द्रमै पुगेर मजदूरसँग भलाकुसारी समेत गरेका थिए । सांसद रोकाले गरेको राहत वितरण कार्य प्रसंसनीय रहेको महाप्रबन्धक शाहले प्रतिक्रिया दिए । आफ्नै गाउँठाउँको मान्छेलाई राहत वितरणमा सरिक हुन पाउँदा खुशी लागेको पनि शाहले जानकारी दिएका थिए ।