२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री गुप्ताको ‘घुस डिल’बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छः माओवादी केन्द्र



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलसम्बन्धी अडियोबारे प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो माग गर्नुभएको हो । उहाँले सरकार भ्रष्टाचार नियन्त्रणमा गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले उहाँले विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गोकुल बास्कोटाले सार्वजनिक रूपमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएको स्मरण गर्दै त्यसैगरी जवाफदेही बन्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीको घुस डिल बाहिरिएको छ । केपी ओलीजी प्रधानमन्त्री हुँदा पहिले गोकुल बास्कोटाजीले राजीनामा दिनुभएको थियो । दुनियाँ अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु–हामी भ्रष्टाचार गर्दैनौं । यो भनाई सम्माननीय प्रधानमन्त्रीज्यूको हो । सभामुख महोदय शून्य सहनशीलता कहाँ छ ? भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता कहाँ छ सभामुख महोदय ? लोकतन्त्रको इमानी शासन प्रणाली कहाँ छ ? जसले जे मन लाग्यो त्यही गर्ने, आफ्नो मान्छेले जसो गरेपनि हुने, यही हो लोकतन्त्र ? त्यसकारण तत्काल जनताले थाहा पाउनेगरी मन्त्रीहरुको बारेमा आएका कुराहरु के हुन् ? प्रधानमन्त्रीले जवाफ दिनको लागि म माग गर्दछु ।’ 

आफ्नो मान्छेले जे गर्दापनि हुन्छ भन्ने मानसिकताले देश थप संकटतर्फ जाने उहाँको टिप्पणी छ ।