३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन
अ+ अ-

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ । एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटक निकै कम थिए । जनैपूर्णिमामा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजनबाहेक अन्य पर्यटक कमै पुग्थे । दर्शनका लागि पुगेको भक्तजनलाई फाँटैभरी फूलेको वनफूलले छुनै सकेको थिएन ।

तर पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटक रङ्गीचङ्गी वनफूलसँग पिरती नगाँसी फर्किनन् । खासगरी बर्खाको समयमा ढोरपाटन बढी रमणीय देखिन्छ । अझ पाटनभरी फूलेका वनफूलले यहाँको सुन्दरतालाई बढाएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रचारले वनफुलसँग तस्बिर र भिडियो खिच्न आउने पर्यटक बढी रहेका छन् । यो याममा दैनिक दुई सय बढी पर्यटक वनफूलसँग रमाउन ढोरपाटन उपत्यकामा पुग्ने गरेका छन् ।

स्थानीयले राके फूलका रुपमा चिन्ने वनफूललाई ढोरपाटा सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ । फूलसँग रमाउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटमा चहलपहल बढेको छ । देशका ठूला सहरबाट बढी पर्यटक रमाउन आउने गरेका छन् ।

फूलसँग रमाउन आउने पर्यटकको सङ्ख्या बढेपछि ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसायसमेत फस्टाउन थालेका छन् । पहिले ढोरपाटन आउने पर्यटकले खास्सै चासो नदिए पनि हरेक पर्यटकको ध्यान पाटनभरी फूलेका फूलले खिच्ने गरेको होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले बताउनुभयो ।

पछिल्लो समय ढोरपाटनमा घुम्न आउने पर्यटकको सङ्ख्या अत्यधिक बढेको भन्दै फूलसँग रमाउने बढी भएको उहाँको भनाइ छ । पहिले खान बस्नका लागि सुविधा नहुँदा पर्यटक कम आउने गरेको स्मरण गर्दै अहिले धेरै होटल तथा घरबास (होम–स्टे) सञ्चालनमा आएपछि ढोरपाटन घुम्नेका लागि पहिलो रोजाइ परेको घर्ती मगर बताउनुहुन्छ । वनफूललाई पर्यटकले अत्यधिक रुचाएपछि त्यसको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो– “वनफूलको पहिले खास्सै महत्व थिएन, मान्छेहरु मन्दिरमा आएर पूजा गरेर जान्थे तर अहिले पाटननै घुम्ने गरी आउँछन्, त्यसले गर्दा उनीहरुको रोजाई वनफूल परेको छ, वनफूलले पछिल्लो समय हजारौँ पर्यटकलाई आकर्षित गरेको छ, यसको संरक्षण भने हुन सकेको छैन, स्थानीय, सिकार आरक्ष र सरकारले पनि संरक्षणमा ध्यान दिनुपर्छ, नत्र पछि यो फूल मासिन पनि सक्छ ।”

वनफूल पाटनैभरी फूल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् । वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ । पछिल्लो समय पाटनमा जथाभावी रुपमा सवारीसाधान चलाउँदा फूल मासिने जोखिम बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा यो वर्ष कम फूल फुलेको उहाँको भनाइ छ ।

पछिल्लो तीन वर्षमा बर्सेनि फूल कम फूलेको पुनले बताउनुभयो । बर्खाको समयमा ढोरपाटन आउने अधिकांश पर्यटक फूलसँग रमाउने गरेको उहाँको भनाइ छ । बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडक अप्ठ्यारो हुँदा पनि वनफूलसँग रम्न पर्यटक आउने अध्यक्ष पुनले सुनाउनुभयो । वनफूल खासगरी असार पहिलो सातादेखि भदौ महिनासम्म पाटनमा रहने उहाँको भनाइ छ । वनफूल ढोरपाटनमा पर्यटक बढाउने माध्यम बनेको पुन बताउनुहुन्छ ।

“वनफूलसँग रमाउन मान्छेको घुइँचोनै लाखेको देख्दा हामीहरु निकै चकित छौँ, किनकी यहाँ त धेरै वर्ष पहिलेदेखि बस्दै आएका छौँ, पहिले कोही पनि मान्छे फाँटमा पुगेर फुल टिप्ने गर्दैनथे, तर अहिले ढोरपाटन आउने हरेक मान्छेले फाँटको बिचमै गएर फूल टिपेर फोटो खिच्छन्” उहाँले भन्नुभयो– “फूलसँग रमाउन आउने पर्यटकका कारण ढोरपाटनको होटल व्यवसाय पनि चलायमान बनेको छ ।”

ढोरपाटन आउने पर्यटकमध्ये दैनिक करिब ५० जना बुकीपाटनसमेत उक्लिने गरेका छन् । ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्नका लागि करिब पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ । यति बेला समूहमा वनफूलसँग रमाउने आउने बढी छन् । बुटवलदेखि आउनुभएका आकाश गिरीले वनफूल र ढोरपाटनको सुन्दरताले मन फुरुङ्ग भएको बताउनुभयो ।

बुटवलमा अत्याधिक गर्मी रहेको हुँदा एक साताका लागि ढोरपाटन आएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमा ढोरपाटन र वनफूलको भिडियो देखिपछि आफूहरु यहाँ आएको गिरीले सुनाउनुभयो ।

“आहा १ ढोरपाटन कत्ति सुन्दर रहेछ, पोहोर साल हाम्रो साथीहरु यहाँ आएर फोटो र भिडियो खिचेर लगेका थिए, त्यो देख्दा आउन मन लागेको थियो, यसपाली आउने मौका मिल्यो, यहाँ आएपछि त स्वर्गमै आए जस्तो भयो, बुर्तिबाङबाट आउने सडक अलि खराब रहेछ, फूलसँग रमाउन त निकै मज्जा आउँदो रहेछ, यस्तो राम्रो ठाउँमा विकास भने हुन सकेको रैनछ ।”