२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिपुलेक विवादमा चीनले नेपाललाई उक्साएको छैन, भारतको कमजोरी : पूर्वराजदूत राकेश सुद



अ+ अ-

काठमाडौं । चीनको उक्साहटमा नेपालले सीमा विवाद बढाएको भन्ने भारतीय मिडियाको आरोपलाई नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले खण्डन गरेका छन् । बीबीसी हिन्दीसँगको कुराकानीमा उनले नेपाल भारत सीमा विवादमा चीनको कुनै प्रकारको भूमिका नरहेको बताएका हुन् । 

नेपाल–भारत सीमा विवादमा नेपालाई चीनले कहिल्यै साथ नदिएको भन्दै उनले बीबीसीलाई भनेका छन्, ‘मलाई लाग्दैन यस विवादमा चीनको कुनै हात छ। किनकि नेपाल भारतबीचको सीमा विवादको विषयमा चीनले नेपाललाई कहिल्यै साथ दिएको छैन ।’

तर, चीनले लिपुलेक भारतको मान्दै आएको पूर्वराजदूत सुदले बताए । उनकाअनुसार सन् २०१५ मा प्रधानमन्त्री चीन जाँदा होस् या चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ भारत आउँदा किन होस्, लिपुलेकलाई भारतकै मानेर सम्झौता भएको हो ।

नेपाल–भारतबीच देखिएको सीमा विवाद अन्त्यका लागि राजनीतिक स्तरमा वार्ता गर्नुपर्ने आवश्यकता औंल्याएका सुदले पछिल्लो पटक देखिएको लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादमा भारतको गल्ती भएको स्पष्ट पारेका छन् । वार्ता र सम्वादमा सहभागी हुन नसकेको भारतले कालापानी, लिपुलेकमा सडक बनाएर उद्घाटन गरेपछि विवाद चुलिएको उनको विश्लेषण छ । 

बीबीसी हिन्दी टेलिभिजनको कभर स्टोरी कार्यक्रमलाई अन्तर्वार्ता दिएका पूर्वराजदूत सुदले भनेका छन्, लिम्पियाधुरा, कालापानी र  लिपुलेक विवादमा भारतको केही कमजोरी भएको छ। दुई देशबीच हुने भनेको सचिवस्तरीय वार्ता हुन सकिरहेको थिएन। यस्तोमा नेपालमा भारतले वार्ता टारिरहेको शंका उब्जियो। रक्षामन्त्री राजनाथ सिंहले सडक उद्घाटन गरेपछि शंका यकिनमा बदलियो।’

साथै कोरोनाको संकटमा टेलिफोन वा भिडियो कन्सफ्रेन्स मार्फत् वार्ता हुनु पर्ने, तर नहुनुमा भारतको गल्ती रहेको उनले संकेत छ ।