काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफलको लागि असार ३२ गते बोलाएका छन् ।
आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा मेयर शाहले असार ३२ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान भएको जानकारी दिए ।
उनले भने, ‘यस सभामा पेस भएको चालु आर्थिक वर्षको ०८१ /८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्ने सन्दर्भमा ०८२ साल असार ३२ गते दिउँसो २ बजे राष्ट्रिय सभा गृहको सभाहलमा बस्नेगरी नगर सभा सञ्चालन ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम आजको बैठक सकिएको घोषणा गर्दछु ।’
महानगरपालिकाले आज नीति तथा कार्यक्रम र बजेट एकै दिन ल्याएको हो । समय अभावका कारण महानगरले असार मसान्त अर्थात ३२ गते भित्रै बजेट पास गर्नुपर्ने कानुनी बाध्यता रहेको छ ।










