५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले पत्रकारका रुपमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै त्यो सधैँ स्मरणीय हुने बताउनुभएको छ ।

आज शोक सन्देश जारी गर्दै उहाँले निर्वाचन आयुक्तका रुपमा शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको कुशलतापूर्वक नेतृत्व गर्नुभएको स्मरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले स्वर्गीय शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।