२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलक्षित रेशमको टिप्पणीः मान्छे नमार्ने थारु हत्यारा भयौँ, मान्छे मारेको स्वीकार गर्नेहरु सरकारसँगै छन्



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई केही नगरिएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताउनु भयो । उहाँले तर आफू टिकापुर घटनामा घटनास्थलमै नरहेको भएपनि सबैभन्दा ठूलो हत्याको बिल्ला भिराइएको बताउनु भयो । उहाँले मान्छे नमार्ने थारुहरु हत्यारा भएको तर मान्छे मार्नेहरु सरकारमा सँगै रहेर पनि मान्छे मारेको स्वीकार गर्नेहरुलाई यत्तिकै छोडिएको बताउनु भयो । नेपाल न्याय मरेको देश भएको टिप्पणी गर्नुभयो ।

संस्थापक चौधरीले भन्नुभयो, ‘म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु । मार गाली गर्छन् मलाई । टिकापुर घटनामा मान्छे छैन, सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु । बच्चाको बाउ, आमा मसँग बिहान बेलुका हुनुहुन्छ । मेरो परिवारको बच्चा म-यो, मलाई भन्छन् बच्चाको हत्याारा, हत्यारा, हत्यारा हँ । हामी मान्छे नमार्ने थारुहरु हत्यारा भयौँ । मान्छे मार्नेहरु उनैसँग छन् फेरि । सँगसँगै छन् । उनले मा¥यौँ पनि भन्छन् । बडा पीडा छ दाई । न्याय मरेको देश । अब बिद्रोह गरौँ, केका लागि विद्रोह गर्ने ? कसलाई मार्नलाई विद्रोह गर्ने ?  ’

संस्थापक चौधरीले मानिसहरु अब धेरै टाढिसकेको भन्दै विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरुसँग आगामी चुनावमा हारिएला भनेर विदेशीहरुको भोट चलाउने प्रपञ्च भइरहेको बताउनु भयो ।