काठमाडौँ । नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई केही नगरिएको टिप्पणी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताउनु भयो । उहाँले तर आफू टिकापुर घटनामा घटनास्थलमै नरहेको भएपनि सबैभन्दा ठूलो हत्याको बिल्ला भिराइएको बताउनु भयो । उहाँले मान्छे नमार्ने थारुहरु हत्यारा भएको तर मान्छे मार्नेहरु सरकारमा सँगै रहेर पनि मान्छे मारेको स्वीकार गर्नेहरुलाई यत्तिकै छोडिएको बताउनु भयो । नेपाल न्याय मरेको देश भएको टिप्पणी गर्नुभयो ।
संस्थापक चौधरीले भन्नुभयो, ‘म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु । मार गाली गर्छन् मलाई । टिकापुर घटनामा मान्छे छैन, सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु । बच्चाको बाउ, आमा मसँग बिहान बेलुका हुनुहुन्छ । मेरो परिवारको बच्चा म-यो, मलाई भन्छन् बच्चाको हत्याारा, हत्यारा, हत्यारा हँ । हामी मान्छे नमार्ने थारुहरु हत्यारा भयौँ । मान्छे मार्नेहरु उनैसँग छन् फेरि । सँगसँगै छन् । उनले मा¥यौँ पनि भन्छन् । बडा पीडा छ दाई । न्याय मरेको देश । अब बिद्रोह गरौँ, केका लागि विद्रोह गर्ने ? कसलाई मार्नलाई विद्रोह गर्ने ? ’
संस्थापक चौधरीले मानिसहरु अब धेरै टाढिसकेको भन्दै विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरुसँग आगामी चुनावमा हारिएला भनेर विदेशीहरुको भोट चलाउने प्रपञ्च भइरहेको बताउनु भयो ।










