४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

कोरोनाको कहर हटेको हो र ?

कोरोनाको कहर हटेको हो र ?
अ+ अ-

शंकर पोखरेल । नेपालमा कोरोना नियन्त्रण र उपचारका सन्दर्भमा लकडाउन मात्र लगाइयो केही भएन भनेर प्रचार सुरु भएको छ । अब सडकमा प्रदर्शन गरेर तयारीको कामलाई समेत प्रभावित गर्ने कोशिस पनि देखिँदैछ । विरोधका एजेण्डा सकारात्मक देखिए पनि त्यसको प्रभाव भने नकारात्मक पर्नेतर्फ ध्यान जानु जरुरी छ ।

नेपालमा यस बीचमा केही भएन त ?

स्थानीय सरकारले बाहिरवाट आउने सबैलाई क्वारेन्टिनमा राखेका छन् । लकडाउनबाट प्रभावितलाई राहत वितरण गरेका छन् । कन्ट्रयाक ट्रेसिङ र परिक्षणमा सहजिकरण गरेका छन् । संक्रमितलाई आइसोलेशन केन्द्र पुर्याएका छन् । संख्या वढ्दै जाँदा आफैले पनि आइसोलेशन केन्द्र बनाउँदैछन ।

प्रदेश सकारले कोभिड १९ को नियन्त्रण र उपचारको प्रदेश स्तरको रणनीति बनाएर कार्यान्वयनमा ल्याएका छन । केन्द्रको निर्देशनभन्दा अघि बढेर कोरोना विशेष अस्पताल र आइसोलेशन केन्द्र बनाएका छन। प्रयोगशाला बनाएका छन, विस्तार गर्दैछन। सम्भव भएसम्म स्वास्थ्य सामाग्री जुटाएका छन। जिल्ला र पालिकाहरुलाई सहजिकरण गरेका छन। समय समयमा आर्थिक भरथेग पनि गरेका छन् ।

केन्द्र सरकारले प्रत्यक्ष रुपमा मार्गदर्शन गरिरहेको छ । उपचार र परिक्षणको संयोजन गरेको छ। स्वास्थ्य सामग्री र परिक्षण किट उपलब्ध गराउँदै आएको छ। संकटग्रस्त ठाउँमा जनशक्ति पठाउने काम गरेको छ । प्रयोगशाला विस्तारमा सहयोग गरिरहेको छ। सिमाबाट हुने अनियमित प्रवेशलाई रोकेको छ ।

लकडाउन जारी भएपछि केन्द्र सरकारको मार्गदर्शनमा प्रदेश सरकार र स्थानीय सरकार मिलेर झण्डै २ लाख बाहिरबाट आउनेको सुरक्षित ढंगले व्यवस्थापन गरेका छन । अहिले पनि डेढ लाखलाई क्वारेन्टिनमा राखेर समुदायलाई संक्रमणबाट जोगाउने प्रयास गरिरहेका छन् । केन्द्र सरकारले अनेकौं समस्या झेल्दै यस अभियानको नेतृत्व गरिरहेको छ । एउटा प्रयोगशालाबाट सुरु भएको परिक्षण २२ वटा प्रयोगशाला बिस्तार भएको छ । सयौंको संख्यामा आइसोलेशन केन्द्र निर्माण भएका छन। यस बीचमा परिक्षण, उपचार र निको हुने दर तिब्र रुपमा बढेको छ ।

तर पनि हाम्रो तयारी भन्दा भाइरसको गति तिब्र छ । महामारीको पूर्वतयारीमा विश्व नै थिएन । हामी तयार हुने अवस्था नै थिएन । यस्तो अवस्थामा अभाव देखिनु र समाधान गर्दै जानु कोभिड १९ विरुद्धको संघर्षको विशेषता हो । हामी कहाँ भएको त्यस्तै छ ।

अहिले हामी जहाँ आइपुगेका छौं, हिजोको तुलनामा धेरै प्रगति भएको छ । आवश्यकता जे छ त्यस हिसाबले अझै गर्न धेरै बाँकी छ । लकडाउनबाट हामीले धेरै नै उपलब्धि र काम गर्ने अवसर पायौं । अहिलेको तयारी त्यसकै परिणाम हो । तर पछिल्लो समय भारतको बढ्दो संक्रमणको असर प्रवासी श्रमिकले बेहोर्नु पर्यो । उहाँहरु फर्कने क्रममा भित्रिएको भाइरसको संक्रमणले हामीलाई चुनौति दिईरहेको छ । भारतबाट आउनेको संख्याका आधामा मात्र भन्ने हो भने यही चरणमा दश हजारभन्दा माथि नै संक्रमित संख्या पुग्न सक्छ । यस्तो अवस्थामा थप तयारीका लागि सरकारलाई सबैले प्रेरित र प्रोत्साहित गर्नुपर्ने होइन र रु

तर हामीमा हौसला प्रदान गर्ने भन्दा विरोधको प्रवृत्ति हावी छ । औषधि किन्न खोज्यो आउन नपाउँदै विरोध सुरु हुन्छ । सुरक्षा निकायलाई महामारीका विरुद्धमा परिचालन गर्यो, परिचालन नगर्दै विरोध हुन्छ, खर्च कम छुट्यायो भन्यो विरोध, खर्च धेरै भो भन्यो विरोध । समाजमा बिरोधको प्रवृत्ति हावी भएका कारणले प्रशासन यन्त्र निरुत्साहित छ ।

भाइरसका विरुद्धमा प्रयोग हुने कुन सामग्रीको मूल्य कति भन्ने कुराको कुनै टुंगो छैन । बजारमा अभाव हुँदा सामानको मूल्य बढिहाल्छ । अलिकति संक्रमण नियन्त्रणमा आउने अवस्था देखिँदा सामग्रीको मूल्य घट्न थालिहाल्छ । तर हामी दिनदिनको मूल्य तुलना गरेर हतोत्साहित बनाउन खोज्छौं । हिजो जसले सस्तोमा समान दिन्छौं भने, ती आज वेपत्ता छन् । कोटेशन आह्वान गर्दा समेत प्रस्ताव आउने गरेको छैन । अब त जिटुजीको पनि विरोध सुरु भइसक्यो । तल सामग्रीको अभाव छ । काठमाडौं मूल्यको बहसमा अल्झेको छ ।

अहिले प्रदेश र स्थानीय तह निजी क्षेत्रलाई गुहारेर चन्दाका रुपमा सामग्री पाउने कोशिस गर्दैछन् । पैसा भएर पनि स्वास्थ्य सामग्री किन्ने आँट प्रशासनले गरिरहेको छैन । आँट गरोस् पनि कसरी रु संचार माध्यममा आशंका र विरोधको बाढी छ । के यति बेला हामी भन्न सक्दैनौं, जसरी हुन्छ जनताको जीवनको रक्षा गर । हिसाब किताव समय आएपछि गरौंला । खोज्ने निकाय पनि छँदैछन । खोजिरहेका पनि छन् । प्रणालीप्रति विश्वास गरौं, विश्वास वढाऔं ।

अहिले सबैभन्दा बढी संक्रमण प्रदेश २ र ५ मा देखिएको छ । अहिले त्यहाँ देखिएको संक्रमणको संख्या भन्दा तेब्बर बृद्धि हुने देखिन्छ । तर अहिलेसम्म देखिएको संक्रमितको संख्यामा भारतबाट आउनेको हिस्सा ९२ प्रतिसत भन्दा माथि छ । समुदायमा पुगेको संक्रमितको संख्या निकै कम छन। त्यो पनि पहिचान भएको अवस्थामा छिट्टै नियन्त्रणमा आएका छन। अझै पनि हाम्रो अवस्था नियन्त्रण बाहिर पुगेको छैन ।

तर सरकारको योजना र निर्देशनलाई अवज्ञा गर्ने कुरालाई प्रोत्साहित गर्ने हो भने स्थिति बिग्रन सक्छ । चीनजस्ता मुलुकको सफलताबाट शिक्षा लिने हो भने राज्य प्रभावकारी हुनै पर्दछ । तर अगुवा नै सरकार बिरुद्धको जुलुसको नेतृत्वकर्ता हुने भने हो राज्य कसरी प्रभावकारी होला रु अगुवाले नै राज्यको निर्देशन अवज्ञा गरेको देखिंदा सर्वसाधारणले त्यसबाट के सिक्ला रु

मेरो विचारमा गरिखाने वर्गले अझै सरकारको आदेश मानिरहेकै छ। तर बचतको अवस्थामा रहेको वर्गलाई तुरुन्तै सामान्य अवस्थामा फर्कनु परेको छ । एकैचोटी विदेशकालाई उद्धार गर, लकडाउन पनि अन्त्य गर भन्ने कुरा कतिसम्म उचित कुरा हो रु मेरो विचारमा यस्तो असन्तुलित विचारले हामीलाई गम्भिर दुर्घटनामा नै लैजाने हो । तर भइरहेको छ त्यही ।

समाजमा एकातिर अवज्ञा र अर्कातिर भय र त्रासको मनोविज्ञान देखिंदैछ। यो विरोधाभाषपूर्ण अवस्थाको अन्त्य गर्ने कुरामा बौद्धिक वर्ग नै अगाडि आउनु पर्दछ । अहिलेसम्म दक्षिण एशियामा हामी भन्दा राम्रो अवस्थामा भुटान र श्रीलंका मात्र छन्। यसको कारण ती देशहरूमा बैदेशिक रोजगारीमा जानेको संख्या तुलनात्मक रूपमा हाम्रो भन्दा कम भएको कारणले पनि संक्रमण नियनत्रण गर्न सहज भएको हो। हाम्रो देशको भन्दा राम्रो क्षमता भएका मुलुकको अवस्था हाम्रो भन्दा अझै खराव छ । अहिलेसम्म हाम्रो अवस्था राम्रो हुनुको अर्थ अहिलेसम्मका हाम्रा कार्यनीति सही हुनु नै हो । अब सरकारलाई नीति परिवर्तनका लागि बाध्य बनाउँदा अहिलेको अवस्था भन्दा राम्रो हुने सुनिश्चितता हुनु पर्यो नि । तर अहिले नै त्यस्तो अवस्था आइसकेको छ जस्तो लाग्दैन ।

त्यसैले सरकारको निर्देशनलाई पालन गरौं । सामाजिक दुरी कायम गरौं । बाहिरी मान्छेसंग सम्पर्कमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौं । बाहिर जाँदा हातले कुनै बस्तु नचलाऔं । चलाउनु परेमा तत्काल सेनिटाइजर गरौं वा सावुन पानीले हात धोऔं । यसमा सिंगो समाज अभ्यस्त भएमा एक महिनापछि स्थितिलाई सहज बनाउँदै लान सकिन्छ । त्यसपछि आउने चुनौतिलाई बनेको संरचनाले पनि सामना गर्ने अवस्था सिर्जना हुनेछ ।
(५ नम्बर प्रदेशका मुख्यमन्त्री पोखरेलको फेसबुक वालबाट साभार)