५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग



अ+ अ-

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै, रुसले एकै रातमा ५९७ ड्रोन र २६ लामो दूरीका क्रुज मिसाइल युक्रेनी भूभागतर्फ प्रक्षेपण गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार तीमध्ये धेरैजसो ‘शाहेद’ ड्रोन हुन्, जसको उत्पादन इरानमा भएको हो ।

युक्रेनी वायु सेनाले दिएको जानकारी अनुसार, ३१९ शाहेद ड्रोन र २५ मिसाइललाई निष्क्रिय पारिएको छ । तर एक मिसाइल र करिब २० ड्रोन पाँचवटा स्थानमा खसेको पुष्टि गरिएको छ, यद्यपि ती स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति जेलेंस्कीले अन्तर्राष्ट्रिय समुदायलाई समयमै ठोस कदम चाल्न आग्रह गर्दै भन्नुभयो, “रुसी आक्रमणको तीव्रता हेर्दा अब ढिला गर्नु हुँदैन । यो अवस्थालाई रोक्न कडा प्रतिबन्ध आवश्यक छ ।”

उहाँले रुसलाई ड्रोन निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने र तेल निर्यातमार्फत आर्थिक लाभ लिने पक्षहरूलाई पनि उपयुक्त कारबाहीको दायरामा ल्याउन अनुरोध गर्नुभएको छ । हाल कायम रहेका पश्चिमी प्रतिबन्धहरूको बाबजुद पनि तेल निर्यात रूसी अर्थतन्त्रको प्रमुख स्रोत रहँदै आएको छ ।