९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा थप ३७ जनामा कोरोना संक्रमण



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार यो सँगै गण्डकीमा १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । उनले ३ वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना देखिएको जानकारी गराउनु भयो । शुक्रबार कोरोना संक्रमण देखिएकामध्ये सबैभन्दा बढि स्याङ्जाको २२ जना त्यसैगरी पर्वतका १३ जना र नवलपुरका १ जना र तनहुँको १ जना रहेका छन् । गण्डकीका ११ जिल्ला मध्ये ९ जिल्लाका संक्रमित छन् । मनाङ र मुस्ताङ भने संक्रमित छैनन् ।
१ सय ८८ जना संक्रमित मध्ये कुन जिल्लामा कति रु

स्याङजामा ६० जना
बाग्लुङमा ४० जना
नवलपुरमा ३८ जना
पर्वतमा २२ जना
गोर्खामा १५ जना
कास्की ५ जना
तनहुँमा ४ जना
म्याग्दीमा ३ जना
लमजुङमा १ जना