३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्यूल कन्ट्रोल स्विच अफ हुँदा विमान दुर्घटना भएको निष्कर्ष



तस्बिर : बीबीसी
अ+ अ-

काठमाडौं । गत जेठ २८ गते भएको एयर इन्डिया विमान दुर्घटना फ्लू कन्ट्रोल स्विच अफ हुँदा भएको निष्कर्ष आएको छ ।

विमान उडानको समयमा कोपाइलटले चलाएको र मूल क्याप्टेनले मनिटरिङ गरिरहेको रिपोर्टबाट देखिएको छ । रिपोर्ट अनुसार फ्युल कन्ट्रोल स्विच ‘कट अफ’ पोजिसनमा रहेको प्रारम्भिक रिपोर्टमा देखिएको छ । ककपिटमा रेकर्ड भएको स्वरको टुक्राले यो अनुमान भएको हो ।

सार्वजनिक भएको प्रतिवेदनमा भनिएको छ– ‘किन उसले कट अफ गरेको ?’ रेकर्ड भएको आवाजमा भनिएको छ । दुर्घटनामा २६० जना यात्रुको ज्यान गएको थियो ।

प्रारम्भिक रिपोर्ट बाहिर आएपछि एयर इन्डियाले विज्ञप्ति जारी गर्दै सबै सरोकारकलासँग समन्वय गर्ने जनाएको छ । एयर इन्डियाले मृतकको परिवारको दु:खमा आफ्नो पनि साथ रहेको बताएको छ ।

१५ पृष्ठ लामो रिपोर्टमा विमानले पूर्ण गति लिएपछि एक सेकेन्डको अन्तरमा इन्जिन १ र इन्जिन २ को स्विच रनबाट कटअफ पोजिसनमा गएको थियो । त्यसपछि पाइलटको आवाज ककपिटमा रेकर्ड भएको हो । चार सेकेन्डको फरकमा दुवै इन्जिनको स्विच कट अफबाट रनमा सरेको छ । त्यसको केही मिनेटपछि एक पाइलटले ‘मे डे मे डे मे’ भनेका थिए । त्यसको लगत्तै विमान विस्फोटको आवाज आएको थियो ।

भारतको अहमदाबादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थल जान २३० यात्रु र १२ कर्मचारी लिएर उडेको एयर इन्डियाको विमान धावनमार्गबाट ‘टेकअफ’ गरेलगत्तै नजिकैको मेडिकल कलेजको होस्टलमा बजारिन पुगेको थियो । विमानका एक यात्रु जीवितै भेटिएका थिए भने होस्टलका केही विद्यार्थीको मृत्यु भएको थियो ।

उडान नम्बर एआई–१७१ को भीटी–एएनबी ‘रजिस्ट्रेसन’ रहेको बोइङको ड्रिमलाइनर ७८७ विमान होस्टलको भवनमा बजारिएर दुई टुक्रा भएको थियो । विमानको अगाडिको भाग भुइँमा खसेर आगो लागेको थियो । पछिल्लो हिस्सा भने भवनमै अड्किएको छ । पौने १० घण्टा उडानका लागि विमानले १ लाख २५ हजार लिटर इन्धन बोकेको थियो ।

विश्वभर विमानको ‘लाइभ ट्र्याकिङ’ गर्ने अनलाइन पोर्टल ‘फ्लाइटराडार २४’ का अनुसार उडान भरेको एक मिनेटमै जहाजको सिग्नल हराएको थियो । ६२५ फिटको उचाइमा पुग्नेबित्तिकै जहाज दुर्घटनामा परेको हो । पाइलटले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे’ भनेर कलसमेत गरेका थिए । ‘एयर ट्राफिक कन्ट्रोल’ ले त्यसमा तत्काल प्रतिक्रिया जनाए पनि त्यसपछि कुनै जवाफ नआएको भारतको नागरिक उड्डयन नियमनकारी निकायले जनाएको छ । ‘मेडे’ उद्घोष अप्ठ्यारोमा परेका विमानले सहयोग माग्न प्रयोग गर्ने शब्दावली हो ।