१२ श्रावण २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन नगर्ने सहमति पछि फणिराज पाठक रिहा



अ+ अ-

काठमाडौं। सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरिएको विषयमा प्रहरीको छलफलपछि फणिराज पाठकलाई रिहा गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहाराका अनुसार, पाठकले अबदेखि सो सम्बोधन प्रयोग नगर्ने लिखित कागज गरेपछि शुक्रबार साँझ उनलाई परिवारको जिम्मा दिइएको हो।

संविधानले नचिन्ने ढंगको राजसंवन्धी सम्बोधन प्रयोग गरी सामाजिक सञ्जालमा पोस्ट र प्रेस विज्ञप्ति सार्वजनिक गरेको आरोपमा पाठकलाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिएको थियो।

दिनभर सोधपुछपछि राति उनलाई रिहा गरिएको हो।