२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी



अ+ अ-

काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल औषधि लिमिटिडले उत्पादन गर्ने औषधिहरु जिटुजी माध्यमबाट खरिद गर्नेगरी सम्झौता गर्ने तयारी गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यसबारे जानकारी गराइएको हो । समितिको बैठकमा शुक्रवार २०८२ असार १८ गते गरेको नेपाल औषधि लिमिटेड र त्रिभूवन विश्वविद्यालय कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गरेको हो ।

छलफलका क्रममा बोल्दै स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति तथा योजना अनुगमन महाशाखा प्रमुख डा.कृष्ण पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल औषधि लिमिटेडसँग त्यहाँ बन्ने औषधिहरु जिटुजी मोडलमा खरिद गर्नेगरी एमओयु गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले औषधि बनाउने ठाउँमै गुणस्तर नभए स्वस्थपरक औषधि दिन नसकिने बताउनु भयो । अनुगमन नभएका कारणले पनि गुणस्तरमा सुधार आउन नसकेको अवस्थाहरु रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अनुगमन नभएका कारणले पनि हामीले सुधार नगरेका अवस्थाहरु छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल औषधि लिमिटेडसँग त्यहाँ बन्ने औषधिहरु जिटुजी मोडलमा खरिद गर्नेगरी एमओयु गर्ने तयारीमा पनि रहेको छ । त्यहाँ गुणस्तर भइदिएन भने हामी नेपालीहरुले कसरी स्वस्थपरक दिनसक्छौँ । जीवनजलमा इस्यु हुनसक्छ । बन्ने ठाउँमा नै गुणस्तरीय भएन भने समस्या आउँछ ।’

हप्तामा ६५० रुपैयाँको कस्तो खाना आउँछ ? 

खाद्य गुणस्तर निरीक्षक ईश्वर सुवेदीले खाद्यमा सम्झौता गर्न नहुने बताउनु भयो । उहाँले भान्सामा सम्झौता गर्दा अस्वस्थताका साथै दीर्घकालीन असर पर्ने भएकाले त्रिभुवन विश्वविद्यालय, किर्तिपुर स्थित छात्राबासको मेसमा विशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो । विश्वको नाम चलेको विश्वविद्यालयमा कुनैपनि बेला खानेकुराका कारण हुने समस्याले देशको छवि नै मेटिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘किचनमा हुने फ्यासालिटीमा कम्परमाइज हुनु हुँदैन, यो विश्वविद्यालयले गर्नैपर्छ । अवस्था दर्दनाक छ । प्रत्येक विद्यार्थीले प्रतिहप्ता ६५० देखि ७५० रुपैयाँ खर्च गरेर बेलुका खाना खाने कुरा आएको छ । त्यसो हो भने कस्तो खाद्यवस्तु विद्यार्थीले प्रयोग गरिरहेका छन्, हामी सबैमा प्रश्न चिन्ह छ । यसलाई कसरी हुन्छ, समाधान गर्नुपर्छ ।’

त्रिभूवन विश्वविद्यालयको छात्रावासमा बस्ने विद्यार्थीले प्रतिहप्ता ६५० देखि ७५० को खाना खाने गरेको पाइएको भन्दै हप्तामा खाने ७५० सम्मको खानाको कस्तो गुणस्तरको छ भन्ने प्रश्न उठेको बताउनु भयो । समितिले असार १८ गते गरेको नेपाल औषधि लिमिटेड र त्रिभूवन विश्वविद्यालय कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमन गरेको थियो । आज विज्ञहरुलाई बोलाएर त्यसबारे समीक्षा गर्दै सुझाव लिएको हो ।