२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीतिहरु निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनसंख्यामैत्री सरकार र राज्य निर्माण गर्न सरकारले जनताका समस्या सम्बोधन गर्ने खालका नीति जरुरी रहेको बताउनु भयो । उहाँले जनसंख्या नीति मान्छेको संख्या मात्रै नभइ रोजगारी, अवस्था, स्थितिबारे मापन गर्ने र कामको योजना बनाउने नीति पनि रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘जनसंख्यामैत्री सरकार, राज्य निर्माण गर्न खोजेका हौँ भने हाम्रा नीतिहरु पनि आम नागरिकले चाहेको, नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने खालेको हुनुपर्छ । त्यसैले यो मान्छेका संख्याहरुसँग मात्रै होइन । मान्छेका चाहनाहरुसँग पनि यो नीति जोडिएको छ । सुशासनसँग पनि जोडिएको छ । अन्य पक्षसँग पनि जनसंख्या नीति जोडिएको छ । सरकारको जनसंख्या नीतिप्रति प्राथमिकता रहेको छ भन्नेकुरा स्पष्ट भएको छ । ’

मन्त्री पौडेलले नेपालको जनसांख्यिक अवस्था ऋणात्मक हुँदै गइरहेको बताउनु भयो ।