१४ असार २०८३, आईतवार
,
Latest
इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिमेक लघुवित्तको ऋण र किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने



अ+ अ-

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरू गरेको हो । अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गर्नुभयो ।

इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यो सँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ ।

लघुवित्तको अनलाइन भुक्तानीबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो ‘ ग्रामिण क्षेत्रमा रहेका लघु उद्यमीहरूलाई लघुवित्त संस्थाहरूले निकै राम्रो सेवा दिइरहेको छ । यस्तो अवस्थामा लघुउद्यमीहरूमा पनि डिजिटल भुक्तानीको सुविधा अत्यावश्यक थियो । हाम्रो सहकार्यले अब लघुउद्यमीहरूलाई अनलाइनबाट भुक्तानी गर्न सहज बनाउनेछ र उहाँहरूले घरबाटै बचत गर्न तथा किस्ता तिर्न सक्नुहुनेछ ’।

आफ्ना सदस्यलाई अनलाइन भुक्तानीको सुविधा दिन सुरू गरिएकोबारे छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले भन्नुभयो ‘अहिलेको डिजिटलाईजेसनको जमानामा क्यासलेस कारोबारका लागि इसेवासँगको सहकार्यले निकै फाइदा पुर्याउनेछ । सदस्यहरूले घरबाटै कारोबार गर्न सक्नेभएपछि उनीहरूको समय र यातायात खर्च पनि बचत हुने भयो ।

भिडभाडमा जान नपर्ने भएपछि कोरोना जस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनिकरण हुनेभयो । यस किसिमको डिजिटल भुक्तानीबाट संस्थाको लागत पनि घटाउने भएकाले डिजिटल भुक्तानीले सबैलाई सहज बनाउनेछ ’।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

छिमेक लघुवित्त वित्तीय संस्था नेपालको अग्रणी लघुवित्त संस्था हो । १ सय ३७ वटा शाखा तथा डीजिटल कार्यालय मार्फत ३ लाख ७३ हजार भन्दा धेरै सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । हाल संस्थाले करिब २० अर्ब १२ करोड रूपैयाँ कर्जा लगानी गरेको छ भने बचत १८ अर्ब भन्दा धेरै रहेको छ । संस्थाले क्यासलेस अर्थतन्त्रलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ ।