३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जको खानेपानी सङ्कट समाधान गर्न प्रतिबद्ध छौँः मन्त्री यादव



अ+ अ-

पर्सा। खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जको पानी सङ्कटको तत्काल र दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

वीरगञ्ज महानगरमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा मन्त्री यादवले स्थानीय तहसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

“वीरगञ्जको पानी सङ्कटको तत्काल र दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार प्रतिबद्ध छ । स्रोत परिचालन, प्राविधिक सहायता र नीति निर्माणमा सरकारले कुनै कसर बाँकी राख्ने छैन”, उहाँले भन्नुभयो, “महानगरसँग सहकार्य गर्दै यहाँको पानीको समस्याको स्थायी समाधानको बाटोमा अघि बढाउने योजना छ ।”

महानगरका प्रमुख राजेशमान सिंहले पानीको अभाव भएका क्षेत्रमा ट्याङ्कीमार्फत आपूर्ति गर्दै आएको र ट्याङ्करमार्फत दैनिक करिब डेढ लाख लिटर पानी वितरण भइरहेको बताउनुभयो । “पाइपलाइन पुगेका ठाउँमा धारा जडानको प्रोत्साहन कार्यक्रम र विभिन्न वडामा डिप बोरिङको पहल भइरहेको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका अध्यक्ष हरि पन्तले खानेपानी संस्थानमार्फत धारा जडान गर्दा वडा कार्यालयमा लाग्ने दस्तुर केही समयका लागि निःशुल्क गराउन माग गर्नुभयो । रासस