१४ असार २०८३, आईतवार
,
Latest
इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट आउने कन्सल्ट्यान्टहरु परिषदको स्वीकृति मात्रै काम गर्न दिनुपर्ने सांसदहरुको माग



अ+ अ-

काठमाडौं । सांसदहरुले विदेशबाट कन्सल्ट्यान्टको रुपमा आउने इन्जिनियरहरुले नेपाल इन्जिनियरिङ परिषद्बाट स्वीकृति पाएपछि मात्रै काम गर्न दिनुपर्ने बताएका छन् । 

संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा ‘नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६’ माथिको छलफलका क्रममा विदेशबाट नेपालमा काम गर्न आउने कन्सल्ट्यान्टलाई पनि परिषदले मान्यता दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले विदेशबाट आउने कन्सल्ट्यान्टहरु परिषदको माध्यमबाट आउनुपर्नेृ बताउनुभयो । उहाँले कुनैपनि इन्जिनियरहरुलाई परिसाद्बाट अथोरिटी नदिइकन काम गर्न दिन नहुने बताउनुभएको हो । उहाँले प्राज्ञिक र व्यवसायीक इन्जिनियरहरुले इन्जिनियरिङ शिक्षाको कोरिकुलम तयार गर्ने विषयमा फरक फरक धारणा राखेको अवस्थामा शिक्षा मन्त्रालयसँग समेत छलफल गर्नुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गणेशकुमार पहाडीले ठूलाठूला पूर्वाधारको डाटा संकलनका लागि फिल्डमा जाने एसिस्टेन्ट इन्जिनियर र सब इन्जिनियरहरु दक्ष नभए परियोजनाको डिजाइन नै गलत बन्न सक्ने तर्फ पनि ऐनले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले एसिस्टेन्ट इन्जिनियर र सब इन्जिनियरहरुको दक्षता विकासका लागि पनि काउन्सिलले नै काम गर्ने सम्बन्धमा थप छलफल आवस्यक भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद टेकबाहादुर बस्नेतले विश्वविद्यालयको इन्जिनियर शिक्षाको पाठ्यक्रम निर्माण गर्ने विषयमा परिषदलाई अधिकार नदिई विश्वविद्यालयलाई नै स्वतन्त्र छोडिदिनुपर्ने बताउनुभयो ।

समितिको यसअघिको बैठकमा व्यवसायीक इन्जिनियरहरुले दक्ष इन्जिनियर उत्पादनका लागि विश्वविद्यालयको पाठ्यक्रममा एकरुपता ल्याउने गरी इन्जिनियरिङ परिषद्ले काम गर्नै गरी विद्येयक ल्याउनुपर्नेमा जोड दिएका थिए । तर विश्वविद्यालयका प्राज्ञिक इन्जिनियरहरुले विश्वविद्यालयको पाठ्यक्रममा परिषद्को हस्तक्षेप मान्य नहुने बताएका थिए ।