१४ असार २०८३, आईतवार
,
Latest
इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अर्यालद्वारा सहकारी विभागको निरिक्षण, दुई सिफ्टमा कार्यालय सञ्चालन गर्नुस् : मन्त्री अर्याल



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरिक्षण गर्नुभएको छ । त्यस अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेतृत्वमा भएको बेला केही नयाँ बनाएर जानुपर्ने बताउनुभयो । भावी पुस्ताले पनि त्यसलाई निरन्तरता दिनेगरी अहिलेको नेतृत्वले काम गर्नुपर्ने उहाँको भनाई थियो । 

लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारले केही निर्णय गरेको भन्दै मन्त्री अर्यालले कार्यालय सञ्चालन गर्ने सन्दर्भमा भिडभाड कम गरेर सञ्चालन गर्न मन्त्री अर्यालले निर्देशन दिनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘कार्यालयमा भिडभाड कम गर्नका निम्ती दुई सिफ्टको सिस्टम लागू गरेर कार्यालय सञ्चालन गर्नुस् ।’

कोरोनाले नयाँ चुनौती थपेको भन्दै उहाँले अहिले धेरै मान्छेहरु विदेशबाट स्वदेश फर्किएकाले ती मान्छेहरुलाई पनि सहकारीमार्फत रोजगारी दिन सकिने बताउनुभयो । ‘अहिले परिस्थिती फेरिएको छ । कोरोना महामारीका कारण विदेशमा रहेका धेरै नेपालीहरु स्वदेश फर्किएका छन् । ती मानिसहरुलाई पनि रोजगारी दिनुपर्ने अवस्था छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘हामीसँग रहेको यत्रो सहकारीमार्फत धेरैलाई रोजगारी दिन सक्छौ ? त्यसको आकलन गर्न जरुरी छ ।’

ठूलो संख्यामा रहेको सहकारीको अनुगमन सरकारले गरिरहेको भएपनि त्यो अत्यन्त न्यून रहेकाले त्यसको प्रभावकारिता थप बृद्धी गर्न के गर्ने भन्ने सन्दर्भमा पनि सोच्न जरुरी रहेको मन्त्री अर्यालले बताउनुभयो । 

अहिले नै सहकारीलाई राम्रोसँग नियमन गर्न नसकेमा भविश्यमा ठूलो चुनौती हुनसक्ने उहाँको भनाई थियो । ‘हामीले राम्रोसँग अनुगमन गर्न सकेनौं भने भ‍ोली ठूलो जोखिम हुनसक्छ । यसलाई समयमै सचेत हुनुपर्ने अवस्था छ । यस विषयमा केही विज्ञसँग पनि छलफल गरौ । अनुगमन राम्रोसँग गर्नुपर्छ’, उहाँले भन्नुभयो । 
सहकारीका प्रशिक्षणहरु पनि कसरी भइरहेका छन् ? त्यसको प्रतिफल कस्तो भइरहेको छ ? भन्ने बारेमा समिक्षा गर्नुपर्ने बेला आएको मन्त्री अर्यालले बताउनुभयो । अबको प्रशिक्षणको डिजाइन फरक ढंगले गर्न समेत उहाँले आग्रह गर्नुभयो । 

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव केदार न्यौपानेले आफ्नो कार्यालयको वातावरण स्वच्छ राखेमा कामकाज गर्दा पनि स्वच्छता महसुस हुने बताउनुभयो । सचिव न्यौपानेले जनतासँग सरोकार राख्ने कार्यालय भनेको मालपोत र नापी कार्यालय रहेको भन्दै ती कार्यालयहरुमा पनि सरसफाइ तथा सेवामा स्वच्छता प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्टार डा। टोकराज पाण्डेले सहकारी विभागको सेवालाई प्रभावकारी बनाउनुका साथै कार्यालयलाई पनि स्वच्छता प्रदान गर्नका निम्ती कार्यालय र कार्यालय वरिपरीको बातावरणलाई राम्रो बनाइएको बताउनुभयो ।