२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानको मागअनुसार मल उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक समितिले किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलले पालिकामार्फत किसानलाई मल, बीउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिनुभयो । सरकारले अहिले स्थानीय सहकारीहरूमार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ ।

बैठकले समितिको २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । उक्त प्रतिवेदनलाई यही असार ३१ गते सदनमा पेस गर्ने तयारी छ ।