५ श्रावण २०८३, मंगलवार
,
Latest
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन



फाईल फोटो ।
अ+ अ-

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप रु तीन करोड २१ लाख ९० हजार ६ सय राजस्व सङ्कलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८/०७९ देखि चालु आवको जेठ मसान्तसम्मकोे हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन, निर्धारित भाडाभन्दा बढी असुली, निजी सवारीसाधनलाई भाडाका गाडीले यात्री ओसारपसार गरेझै रकम असुलीलगायत गैरकानुनी काम गरेकाहरूबाट उक्त रकम जरिवानस्वरुप सङ्कलन भएको हो ।

तीन वर्षमा यहाँ २४३ सवारी दुर्घटना भएकामा १२४ जनाले ज्यान गुमाएका तथा ८३ जना घाइते भएका थिए । जीर्ण सडक, चालकको लापरवाही,तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्तिका कारण सडक दुर्घटना बढेको उहाँले बताउनुभयो । रासस