५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई घाइते



अ+ अ-

झापा। यहाँको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा आज अपराह्न ३ः४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।

राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा स्कुटर चालक र मोटरसाइकल चालक गम्भीर घाइते भइ उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पु-याइएको थियो । उनीहरुको अस्पतालमै मृत्यु भएको जनाइएको छ ।

गम्भीर घाइते भएका स्कुटरमा सवार एक महिला र करिब सात वर्षीय बालकको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने र गम्भीर घाइते चारैजनाको पहिचान नखुलेको प्रनाउ खड्काले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । रासस