१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसूचनाका लागि चीनसँगको सहकार्य नबढाउने हो भने जतिबेला पनि दुर्घटना हुनसक्छः प्राधिकरण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद् क्षति न्युनिकरणका लागि चीनसँग समन्वय बढाउनु जरुरी रहेको बताएको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जतिबेला पनि दुर्घटनाको जोखिममा रहेको बताएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद्बाट लड्न चीनसँग स्थायी समन्वय जारी राखि रहनु जरुरी रहेको बताउनु भयो । उहाँले युएनडिआरआरको प्रपोजल बनाउने चरणमा आफूहरु रहेको उल्लेख गर्नुभयो । उहाँले पूर्वसूचना प्रणाली अहिले नेपालकोले मात्रै काम गरिरहेको र चीनसँग यसबारेमा सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालकै पूर्वसूचना प्रणालीले मात्रै नपुगेको भन्दै अझै विस्तार गर्न जरुरी देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चीनसँग स्थायी समन्वय जारी राखि रहनुपर्नेछ । त्यो दिशामा अघि बढ्नेछौँ । युएनडिआरआरको प्रपोजल बनाउने चरणमा पनि छौँ । चीन र हाम्रो बीचमा इन्फरमेसन एक्सचेन्ज नहुने हो भने हामी जतिबेला पनि दुर्घटनाको संघारमा छौँ । अर्लि वार्निङको हाम्रो आफ्नो देशको सिस्टमले काम गरिरहेको छ । अझै त्यसलाई बढाउन जरुरी छ ।’

उहाँले विपद्को कुरा यही हुन्छ भन्न नसकिने तर पूर्वसूचना जारी गरेर जनधनको क्षति कम हुनबाट रोक्ने प्रयासमा आफूहरु रहेको बताउनु भयो ।