९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली भन्नुहुन्छ, भारतसँग वार्ता अघि बढ्छ



अ+ अ-

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूभाग फिर्ताका लागि भारतसंगको वार्ता अघि बढाउने बताउनुभएको छ ।

संविधान संशाेधन प्रस्ताव पारित भएसँगै संघीय संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा  समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्छ भन्नुभयाे ।

उहाँले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै भारतसँग वार्ता हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो । केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ ।’

नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भएपनि अबको कदम के हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘अब छिट्टै वार्ता हुने’ बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब वार्ता हुन्छ । अगाडि बढ्छ ।’