१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

मुनरो डक्ट्रिनबारे अभिव्यक्ति दिएका रास्वपा उपसभापति वाग्लेमाथि छानविन गर्न काँग्रेस प्रमुख सचेतकको माग

मुनरो डक्ट्रिनबारे अभिव्यक्ति दिएका रास्वपा उपसभापति वाग्लेमाथि छानविन गर्न काँग्रेस प्रमुख सचेतकको माग
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुनैपनि राजनीतिक दलले राष्ट्रद्रोह र राज्यप्रति घृणा फैल्याउने विषयलाई क्षमा दिन नसकिने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले मुनरो डक्ट्रिनको व्याख्या गर्नुभएको भन्दै यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो । के प्रसंगमा मनरो डक्ट्रिनको व्याख्या नेपालको सन्दर्भलाई जोडेर गर्नुभएको हो ? त्यो कुराको व्याख्या माग गर्नुभयो । नेपाल सार्वभौम सत्ता सम्पन्न मुलुक भएको जिकिर गर्नुभयो ।

सार्वभौम सत्ता सम्पन्न राष्ट्रको विषयमा सदनको सदस्यले यस्तो अभिव्यत्ति दिँदा सरकार किन बेखबर भन्दै प्रश्न गर्नुभयो । सरकारलाई सूचना भए राष्ट्रद्रोहको गम्भीर अपराधमा सरकार किन मौन बसेको भन्दै प्रश्न गर्नुभयो । यसबारेमा छानविन गर्न माग गर्नुभयो । उहाँले रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र तत्कालीन महामन्त्री डा. मुकुल ढकालले भारतीय राजदुतसँगको भेटमा नेपाल पनि भारतकै स्वायत्तता रुपमा रहेको र गर्दै नेपालले भारतले भनेको मान्नुपर्ने कुरा गरेको राष्ट्रिय टेलिभिजनमै भनेकाले यसबारे पनि गम्भीर बन्न जरुरी रहेको बताउनु भयो ।

प्रमुख सचेतक घिमिरेले भन्नुभयो, ‘के हो मानव बेचबिखन भनेको ? कहाँ भयो मानव बेचबिखन ? जथाभावी सधैँभरी एउटै कुरा बोलिरहेको छ । मानव बेचबिखनको रट लगाइराखेर जुन ढंगले उहाँहरु अघि बढ्नुभएको छ, त्यसबाट उहाँहरुलाई नै पछि फर्किन गाह्रो होला । अहिले माननीय गृहमन्त्रीले एउटा कुरा भन्नुभयो, भिजिट भिसामा सबै मान्छेहरु जान्छन् । स्वयं उहाँहरुकै अध्यक्ष रवि लामिछाने भिजिट भिसामै अमेरिका जानुभएको हो । भिजिट भिसामा अमेरिका गएर नागरिकता लिनुभएको हो । यो माननीय रमेश लेखक गृहमन्त्री भएर चलेको अभ्यास होइन । लामो समयदेखि चल्दै आयो । यो अभ्यास बिल्कुल कानूनसम्मत छैन । ठिक बाटो होइन । तर पनि नेपालमा चल्दै आएको छ । त्यसलाई बहाना बनाएर जुन हिसावले संसद बहिष्कार र लाञ्छित गर्ने काम भइरहेको छ । यो सरासर आपत्तिजनक छ ।’

प्रमुख सचेतक घिमिरेले रास्वपाले वर्तमान संविधान परिवर्तन गर्न चाहन्छ वा हुबहु स्वीकार गर्छ ? यसको जवाफ चाहिने बताउनु भयो ।