एजेन्सी । आईपीएल २०२५ को उपाधि जितेसँगै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) सबैभन्दा मूल्यवान टोली बनेको छ । यसले मुम्बई इन्डियन्स (एमआई) र चेन्नई सुपर किंग्स (सीएसके)लाई पछाडि पार्यो जसले ५–५ पटक उपाधि जितेका छन् ।
२०२५ मा इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यापारिक मूल्य १८.५ अर्ब डलर (लगभग १.५६ लाख करोड भारु) पुगेको छ । यो गत वर्षको तुलनामा १२.९ प्रतिशतले बढी हो ।
विश्वव्यापी लगानी बैंक होलिहान लोकेको एक अध्ययन अनुसार, आईपीएलको ब्रान्ड मूल्य १३.८ प्रतिशतले ले बढेर ३.९ अर्ब डलर (₹३३ हजार करोड) पुगेको छ ।
यस सिजनमा विज्ञापन, दर्शक संख्या र लगानीकर्ताको चासोले ब्रान्ड मूल्यमा वृद्धि भएको जनाइएको छ ।
जुन ३ मा पञ्जाब र बैंगलोरबीच खेलिएको फाइनलले दर्शक संख्याको हिसाबले च्याम्पियन्स ट्रफीमा भारत–पाकिस्तान टी–२० खेललाई उछिनेको छ ।
रोयल च्यालेन्जर्स बैंगलोर २०२५ सिजनमा पहिलो पटक सबैभन्दा मूल्यवान फ्रान्चाइजी बनेको छ । आरसीबीको ब्रान्ड मूल्य २२७ मिलियन (₹१,९४६ करोड) बाट बढेर २६९ मिलियन (₹२,३०७ करोड) पुगेको छ । टोलीको पहिलो आईपीएल उपाधि जित्नु मूल्याङ्कनमा वृद्धिको कारण थियो ।
सूचीमा, मुम्बई इन्डियन्स २४२ मिलियन (₹२,०७५ करोड) सहित दोस्रो स्थानमा छ र चेन्नई सुपर किंग्स २३५ मिलियन (₹२,०१५ करोड) का साथ तेस्रो स्थानमा छ ।
आईपीएल २०२५ ले प्रायोजन र विज्ञापनबाट ६०० मिलियन (लगभग ५ हजार करोड रुपैयाँ) कमाएको छ, जुन गत वर्षको तुलनामा ५० प्रतिशत बढी हो ।










