• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

राष्ट्रियसभाको निर्वाचनमा एमालेका लागि प्रतिकूल परिणाम आउनसक्छ : ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीका लागि प्रतिकूल परिणाम आउनसक्ने बताउनुभएको छ । पार्टीको देशव्यापी जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उहाँले प्रतिकूल परिणाम जनमतको दुरुपयोग भएको बताउनुभयो ।

उहाँले आजको जनमत कुनै यथार्थ जनमत नहुने भन्दै राष्ट्रियसभा निर्वाचन एमालेमाथि अन्तिम प्रहार हुने बताउनुभयो । उहाँले सकारात्मक परिणाम आएन भनेर नआत्तिन कार्यकर्तालाई आग्रह गर्दै भन्नुभयो, “त्यो हिजोको जनमतको हो, यसको दुरुपयोग भएको छ ।” 

उहाँले दुई जना मान्छे तल पार्दा एमालेका मानिस हार्ने भए पनि अहिले पनि अरु पार्टीभन्दा एमाले मजबुत भएको बताउनुभयो । ताजा जनादेशमा जाँदा अन्य पार्टीसँग यस्तो हैसियत नहुने उहाँको भनाइ थियो । 

आगामी माघ १२ गते रिक्त १९ सिटका लागि राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्तारुढ गठबन्धन मिलेर उम्मेदवारी दिएका छन् भने एमालेले एक्लै ती सिटका लागि उमेद्वारी दिएको छ ।