२८ असार २०८३, आईतवार
,
Latest
वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै कञ्चनपुरकाे मध्यवर्ती सामुदायिक वन टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुइको मृत्यु, चार घाइते सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव ६ महिना यताकै न्युन बिन्दुमा सेयर बजारः नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता आचार्य पोखरामा शाहसिक पर्यटनको आकर्षणः भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा कडाइ भोजपुरमा विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा खानेपानीको सङ्कट : समस्याको दीर्घकालीन समाधानमा जोड



अ+ अ-

वीरगञ्ज, (पर्सा) । वीरगञ्ज महानगरमा लामो समयदेखि जारी खानेपानी सङ्कटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् ।

खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुभन्दा तत्कालीन रुपमा केही दिन ट्याङ्कर तथा दमकमबाट पानी वितरण गरेर नहुने उनीहरूको भनाइ छ । वीरगञ्ज महानगरले ट्याङ्कर र पर्साको सखुवाप्रसौनी गाउँपालिकाले दमकलबाट पानी ओसारेर आपूर्ति गर्न थालेपछि सर्वसाधारणले दिगो समाधानमा जोड दिएका हुन् ।

वीरगञ्ज महानगरप्रमुख राजेशमान सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा पनि वीरगञ्जमा खानेपानीको समस्या समाधान गर्न लागिपर्ने घोषणा पनि गर्नुभएको थियो । उहाँको चुनावी सभामा पर्साका प्रतिनिधिसभाका सांसद तथा खानेपानीमन्त्री प्रदीप यादवले पनि खानेपानीको दीर्घकालीन समाधान गर्ने घोषणा गर्नुभएको थियो । उहाँ नगरप्रमुखमा निर्वाचित भएको तीन वर्ष बित्दा पनि समस्या यथावत छ ।

वीरगञ्ज महानगर–१३ श्रीपुरका कैफुल मियाँ खानेपानीको सङ्कट समाधान गर्न महानगर अग्रसर नभएकामा खिन्न हुनुहुन्छ । “चापाकलमा एक थोपा पनि पानी आउँदैन यस्तै हो भने हाम्रो उठिबास हुनेछ ।”

यहाँस्थित नेपाल खानेपानी संस्थानका प्रमुख प्रवीणकुमार साहले महानगरको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्नेतर्फ ध्यान दिन जरुरी भएको बताउनुभयो ।

“यहाँको खानेपानी सङ्कट चापाकल वा बोरिङ गरेर हुँदैन”, उहाँले भन्नुभयो, “ओभरहेड ट्याङ्की निर्माणदेखि पाइपलाइन विस्तारसम्मका काम गर्न आवश्यक छ । खानेपानीको लाइन भएकै ठाउँमा टोलटोलमा बोरिङ गरेर पानी वितरण पनि भइरहेको छ । एकीकृत रूपमा आपूर्ति व्यवस्थित हुनुपर्छ ।”

महानगरप्रमुख सिंह मङ्गलबार साँझ वडा नं ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाटलगायत प्रभावित टोलमा ट्याङ्कर लिएर पुग्नुभयो । “नगरवासीलाई पानीको अभावमा राखिन्न, जहाँ समस्या छ, त्यहाँ समाधानको प्रयास गर्नेछौँ”, उहाँले भन्नुभयो, “पानीको समस्या ३२ वटै वडामा रहेको र सबै वडामा समान रूपमा पानी पुर्याउने गरी संयन्त्र बनाएका छौँ ।” रासस