८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

टोकियोमा ताकाइची सरकारका नीतिहरू विरुद्ध विशाल जनप्रदर्शन

टोकियोमा ताकाइची सरकारका नीतिहरू विरुद्ध विशाल जनप्रदर्शन
अ+ अ-

टोकियो। जापानको टोकियोस्थित राष्ट्रिय संसद भवनअगाडि प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले अघि सारेका सैन्य तथा सुरक्षा नीतिहरूको विरोधमा विशाल जनप्रदर्शन भएको छ ।

हजारौँ नागरिकले सरकारका पछिल्ला कदमहरूलाई खतरनाक भन्दै आपत्ति जनाएका छन् । आयोजककाअनुसार उक्त विरोध प्रदर्शनमा करिव २७ हजार नागरिक भौतिक रूपमा उपस्थित थिए भने १ लाख १० हजारभन्दा बढी व्यक्तिहरूले अनलाइनमार्फत आफ्नो ऐक्यवद्धता जनाएका थिए ।

संसद भवन वरपरका सडकहरूमा प्रदर्शनकारीहरूको कैयौँ किलोमिटर लामो ताँती देखिएको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले ताकाइचीका गैरजिम्मेवार कदमहरू बन्द गर र जापानले शक्तिको प्रयोग सधैँका लागि त्याग गर्नुपर्छ जस्ता नारा लगाएका थिए ।

जनभावनाको कदर नगरेको र युद्धको जोखिम बढाएको भन्दै उनीहरूले सामूहिक रूपमा जापानी संविधानको धारा ९ वाचन गरेका थिए, जसले जापानलाई युद्ध गर्न निषेध गर्दछ । प्रदर्शनमा सहभागी नोरिको कानामोरीले सरकारका पछिल्ला गतिविधिहरू युद्धको तयारी जस्तो देखिएको भन्दै आक्रोश व्यक्त गरिन् ।

गत फेब्रुअरीमा भएको प्रतिनिधि सभाको निर्वाचनपछि सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले संसदमा आफ्नो बहुमतको बलमा राष्ट्रिय गुप्तचर परिषद् स्थापना गर्ने लगायतका विधेयकहरू पारित गरेको छ ।

प्रतिपक्षी दल र नागरिक समाजको तिब्र विरोधका बाबजुद सरकारले रक्षा बजेटमा वृद्धि गर्ने र यसै वर्षको अन्त्यसम्ममा मुलुकका तीन प्रमुख सुरक्षा दस्ताबेजहरू परिमार्जन गर्ने तयारी गरिरहेको छ । जापानमा तिब्र गतिमा भइरहेको सैन्य क्षमता विस्तार र रक्षा नीतिमा आएका परिवर्तनहरूले आम नागरिकमा चिन्ता र संशय थपेको छ, जसको प्रतिविम्ब टोकियोको यो विशाल प्रदर्शनमा देखिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल