२२ मंसिर २०८२, सोमबार
,
Latest
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा डिशहोमको एआई ‘खुसी’ सार्वजनिक तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना: तीस प्रतिशत भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपाललाई सतर्क रहन आग्रह गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले टेक्सासमा बाढी आएकाले बसोबास गर्ने नेपालीलाई सतर्क रहन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले टेक्सासमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको ज्यान गएको र ती ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

“अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ । त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ । टेक्सासको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु । त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दछु”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।  रासस