२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभा अवरुद्ध, कांग्रेस र माओवादी सांसदको सरकारप्रति एकै स्वरमा असन्तुष्टि



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशसभाको मंगलबारको बैठक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरूको विरोधका कारण स्थगित गरिएको छ।

बैठक सुरु भएपछि नेपाली कांग्रेसका सांसद बेदराज सिंहले जाजरकोट भूकम्पपछिको आपतकालीन अवस्थामा काम गरेका निर्माण व्यवसायीलाई सरकारले भुक्तानी नदिएको भन्दै संसद् अवरुद्ध गरे। सिंह विरोधस्वरूप संसद्मै उभिएर सरकारको ध्यानाकर्षण गराए।

सिंहको विरोधपछि माओवादी केन्द्रका सांसद मंगलबहादुर शाहीले सहिद स्मृति भत्ता तथा द्वन्द्वपीडित घाइते र अपाङ्गताका लागि दिने जीवन निर्वाह भत्ता नपुगेको विषयमा आपत्ति जनाए। उनले तातोपानी गाउँपालिकाका पीडितहरू अझै राहतबाट वञ्चित रहेको भन्दै तत्काल जवाफ माग गरे।

शाहीले मुख्यमन्त्रीबाट जवाफ नआएसम्म कांग्रेस सांसदजस्तै आफूहरू पनि उभिरहने बताए। त्यसपछि विपक्षी दलका सबै सांसद उभिएर विरोध जनाए।

सभामुख नन्दा गुरुङले पटक–पटक सांसदहरूलाई बस्न आग्रह गरिन् तर माग नसुनेपछि उनले बैठक १५ मिनेटका लागि स्थगित गरिन्।

सरकारप्रति दुवै प्रमुख दलको यस्तो सार्वजनिक असन्तुष्टि प्रदेशसभामा दुर्लभ दृश्यको रूपमा देखिएको हो।