३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
अ+ अ-

लमजुङ । फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ ।

मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न थालेको हो ।

मस्र्याङ्दी गाउँपालिकाले सावित्राको फोटोको होर्डिङबोर्ड बनाएर स्तम्भ स्थापना गर्दै सो क्षेत्रलाई साम्बा चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो ।

मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार फुटबल क्षेत्रमा स्थापित उहाँलाई सम्मान गर्न साम्बा चोक नामकरण गरिएसँगै यतिबेला विभिन्न स्थानबाट पर्यटकको आगमन हुन थालेको छ ।

पालिकावासी, जिल्लावासी, पर्यटक तथा खेलकुदप्रेमीका लागि यस स्थानमा घुम्न उपयुक्त हुनेछ, यतिबेला यहाँ जिल्लाको विभिन्न स्थानदेखि छिमेकी जिल्ला मनाङ, गोरखा, तनहुँ, कास्की, काठमाडौँबाट समेत पर्यटक आउन थालेका छन् ।

स्थानीय प्रदिप गुरुङका अनुसार पर्यटक यहाँ साम्बाको चोक तथा साम्बाको तस्बिरसँग सेल्फी तथा फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउँदै रमाउने गरेका छन् । डुम्रे–बँेसीसहर–चामे सडकखण्डमा पस्ने साम्बा चोकमा बेँसीसहरबाट खुदी भुलुभुले, घनपोखरा, सिउरुङ, हिमाली जिल्ला मनाङ जाने र ती स्थानबाट बेँसीसहरतर्फ आउने यात्रीसमेत एकैछिन सवारीसाधन रोकेर यात्रीहरूले साम्बा चोकको अवलोकन गर्ने, फोटो, भिडियो बनाउने गर्छन् । यहाँ दैनिक पाँच सय जनाभन्दा बढी पर्यटक आउने गरेका र बिदाका समयमा दोब्बर आउने गरेको बताइएको छ । यहाँ आएका पर्यटक शङ्कर घिमिरेले भन्नुभयो, “महिला फुटबल खेलाडीको स्तम्भ तथा होर्डिङ बोर्ड राखेर नामकरण गरेर साम्बा चोक राखेको थाहा पाएपछि अवलोकन तथा घुम्न आएको हुँ ।”

यहाँ आइपुग्दा निकै खुसी लागेको र मनै आनन्द प्राप्त भएको उहाँको भनाई छ । त्यस्तै, अर्का पर्यटक मस्र्याङ्दी गाउँपालिका वडा नं। ३ ढगैँका पुर्ण गुरुङले भन्नुभयो, पालिकाकै चेली सावित्राको नाममा बाट नामरण भएको साम्बा चोकमा आउँदा गर्व लागेको र यस चोकको अझै प्रचारप्रसार गर्न सके पर्यटक वृद्धि हुनेछ । साम्बा चोक हेर्न, अवलोकन गर्न तथा विभिन्न तरिकाले रमाउन पर्यटक आगमन हुँदा यहाँ आसपासका होटल व्यवसायसमेत फस्टाउन थालेको होटल व्यवसायीहरूको भनाइ छ ।

अन्नपूर्ण पदमार्ग अन्नपूर्ण मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामकरण गरेर उहाँको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुगेसँगै यहाँ पर्यटक आगमन वृद्धि हुँदै गएको वडाध्यक्ष हरिशचन्द्र थापाले बताउनुभयो । गाउँपालिकाका सूचना अधिकारी सुरेश गौतमका अनुसार साम्बाको होर्डिङ बोर्ड र स्तम्भ निर्माण गर्न करिब पौने दुई लाख खर्च भएको छ । यही जेठ ५ गते यहाँ साम्बा चोक नामकरण भएयता पर्यटक दैनिक वृद्धि हुँदै गएको र यसको अझै प्रचारप्रसार गर्दै पर्यटक वृद्धि गर्न लाग्नुपर्ने स्थानीयको भनाइ छ । साम्बा चोक पुग्न लमजुङ सदरमुकाम बेँसीसहरबाट करिब आठ किलोमिटर दूरी सवारी साधनमा २०–३० मिनेटमा पुग्न सकिन्छ ।

खेल जगत्मार्फत नेपाललाई विश्वसामु थप चिनाउन अहम् भूमिका खेल्दै आउनुभएकी भण्डारी लमजुङ तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएको हो । थमन भण्डारी र मुना भण्डारीको कोखबाट २०५३ साल जेठ १५ गते माइली छोरीका रुपमा जन्मिएकी हुन् सावित्रा । सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित हुनुहुन्छ । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बाले हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुनुहुन्छ ।

साबित्रा अन्तरराष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुनुहुन्छ । नेपाली महिला फुटबलको क्षेत्रमा उदयमान नक्षत्रका रूपमा परिचित हुनुअघि भण्डारीलाई लमजुङकै आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो । उक्त क्लबमा आबद्ध भएर क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी भएको थियो । उक्त बेला महिला फुटबल प्रतियोगितामा भण्डारी सहभागी भएको टिम मनास्लु युवा क्लब प्रथम भएको थियो । गोल गर्ने उत्कृष्ट कला, सेलिब्रेसन गर्ने शैली अनि हेअर स्टाइलले गर्दा पनि साम्बा नामले समेत परिचित भण्डारी अरू फुटबलरभन्दा फरक रुपमा स्थापित हुँदै आउनुभएको छ ।

जिल्लाको गाउँको खेतका गहराबाट दशरथ रङ्गशाखा हुँदै युरोपको रङ्गशालासम्म पुग्नुभएको भण्डारी यतिबेला युरोपेली देश फ्रान्सेली महिला फुटबलको माथिल्लो डिभिजनमा खेल्ने अन आभान्टा ग्वेनगाम्पले डेढ वर्षका लागि अनुबन्ध गरेर भण्डारीले त्यहाँ फुटबल खेल्न थालेको छ । सोअघि इजरायलको हापोएल रानानाबाट खेलेसँगै युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी पनि भण्डारी नै हो ।