२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा स्वागत गरेका हुन् ।

छनोटको समूह एफमा रहेको नेपाल निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

जित्नैपर्ने खेलमा निर्धारित समयको खेल ३/३ को बराबरीमा सकिएपछि खेल र समूह विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो । टाइब्रेकरमा नेपालकि कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न सकेका थिएनन । निर्णायक खेलमा पराजित भएपछि नेपालले अर्को वर्ष अष्ट्रेलियामा हुने एसिया कपमा छनोट हुन असफल रह्यो ।

नेपालले समूह एफमा रहेको लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।