४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनियोजन विधेयकमाथि राष्ट्रियसभामा छलफल जारी



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल जारी छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपक्षी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह तथा रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले धारणा राखिरहनुभएको छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि पनि छलफल हुँदैछ । बैठकमा सांसदहरु जीतेन्द्रनारायण देव, अनिता देवकोटा, तारादेवी भट्ट, प्रकाश पन्त, रमेशजंग रायमाझीले विनियोजन विधेयक माथिको विषयगत मन्त्रालयका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ ।