५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम



अ+ अ-

वीरगञ्ज । मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् । यस अवसरमा आज वीरगञ्ज महानगरका विभिन्न ठाउँबाट घण्टाघरचोकमा आएर मुस्लिम समुदायका युवाले लाठ्ठीका विभिन्न कला प्रदर्शन गरेका छन् ।

नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सा जिल्लामा विभिन्न प्रकारका कला प्रस्तुत गरेर मोहर्रम पर्व मनाइरहेको बताउनुभयो । “मुस्लिम समुदायले विगतमा मोहर्रम अर्थात् दाहा पर्व हातहतियारका विभिन्न कौशल प्रस्तुत गरेर मनाइने गरिन्थ्यो । प्रशासनको अनुरोधमा हामीले हातहतियारको सट्टामा लाठ्ठीका विभिन्न कला देखाएर पर्व मनाइरहेका छौँ । यो क्रम आज बेलुकासम्म चल्नेछ ।”

वीरगञ्जको चोकचोकबाट मुस्लिम समुदायले नेपालको राष्ट्रिय झण्डा तथा आफ्नो कला, संस्कृति झल्किने झण्डासहित उपस्थित भएका छन् । यस्तै, मुस्लिम युवाले घण्टाघर चोकमा घोडा सवार गरेर पनि थप मनोरञ्जन गराएका थिए ।

इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि यो पर्व एकदेखि १० तारिखसम्म मनाइने गरिन्छ । मुस्लिम समुदायले घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर सेलाइने चलन छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले पर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउनका लागि अनुरोध गर्नुभयो । यहाँ बिहानैदेखि मुख्यमुख्य चोकमा सुरक्षा व्यवस्था कडा बनाएको छ । रासस