५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारी पार्टीमा अध्यक्ष ओलीकै निर्देशन र सहमतिअनुसार अघि बढ्नुहुन्छः सचिव महासेठ



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र सहमतिअनुसार नै पार्टीमा अघि बढ्ने बताउनुभएको छ ।

आईतवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेको आन्तरिक जीवनको बारेमा धेरै प्रश्न गरिएको भन्दै पार्टी अध्यक्ष ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको भ्रम फिँजाउन खोजिए पनि सत्य नरहेको बताउनु भयो । कार्यकर्ताहरु कित्ताकाट भएका छन् भन्नेकुरा भ्रम मात्रै भएको बताउनु भयो । भण्डारी सक्रिय राजनीतिमा आउँदा पनि अध्यक्ष ओलीकै सहमति र प्रश्तावमा आउने दाबी गर्नुभयो ।

संविधानले पूर्वराष्ट्रपतिहरु सक्रिय राजनीतिमा आउनु हुँदैन नभनेको र पार्टीको विधानले पनि कुनै बन्देज नगरेको बताउनु भयो । भण्डारी सक्रिय राजनीतिमा आउनेबारे सचिवालयमा पनि छलफल भएको र संविधानले बन्देज नलगाएको कुरामा पार्टीले सकारात्मक रुपमा नै लिएको बताउनु भयो । पार्टीको सदस्यता नविकरण गरेर भण्डारीले पार्टीमा कुनै अन्तरविरोध सिर्जना नगर्नुभएको बरु केही पार्टीकै नेताहरुले अन्तरविरोध सिर्जना गर्ने काम गरेको बताउनु भयो । पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउने काम राम्रो नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेको आन्तरिक जीवनका बारेमा कुरा आयो । नेकपा एमालेभित्र देशका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजी जब सक्रिय राजनीतिमा आउने भन्नुभयो । उहाँले अहिलेसम्म रिन्यु मात्रै गर्नुभएको छ । तर कसरी अघि बढ्ने केही कुरा गर्नुभएको छैन । तर अहिले जुन प्रकारले बजार हल्ला छ, अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको छ, कार्यकर्ताहरु कित्ताकाट गरिरहेको छ । दिनहुँ मिडियामा कित्ताकाटका समाचारहरु आइरहेका छन् । त्यसमा कुनैपनि सत्यता छैन । हामीमा कुनै अन्तरविरोध छैन । यदी उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रश्तावमा उहाँ आउनुहुन्छ । स्वभाविक छ, पहिला पार्टीको वरिष्ठ नेतृ हुनुहुन्थ्यो । हाम्रो संविधानले पूर्वराष्ट्रपतिहरु सक्रिय राजनीतिमा आउनु हुँदैन,त्यस्तो कुनै बन्देज गरेको छैन । न त हाम्रो पार्टीको विधानले बन्देज गरेको छ । हाम्रो सचिवालयमा पनि यसमा छलफल भएकै हो । यदी उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने ? किनकी संविधान र विधानले त रोक्ने अधिकार दिएकै छैन । कुनै दफा, उपदफा छैन की । उहाँहरुको व्यक्तिगत विषय हो । उहाँले राजनीति गर्छु भनेर पार्टी सदस्यता रिन्यु गर्नुभएको छ । तर उहाँले पार्टीभित्र अन्तरविरोध बढाउने काम गर्नुभएको छैन । हाम्रा पार्टीका एक दुई जना साथीहरुले अन्तरविरोध बढाउने काम गरिरहनुभएको छ । त्यो पनि राम्रो होइन । पूर्वराष्ट्रपतिलाई जुन प्रकारले विवादमा ल्याउन खोजिरहनुभएको छ, त्यो पनि राम्रो कुरा होइन ।’

सचिव महासेठले आफू कुनै कित्तामा नभइ पार्टीको कित्तामा रहेको बताउनु भयो । एमालेभित्र अन्तरविरोध बढाउने काम नगर्न पनि सचेत गराउनु भयो ।